बसाइँ उपन्यासमा विचारधारा

Authors

  • अनिल अधिकारी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
  • रेखा रेग्मी म्याग्दी बहुमुखी क्याम्पस, बेनी

DOI:

https://doi.org/10.3126/voice.v16i1.67430

Keywords:

विचारधारा, समाज, सामाजिक संरचना, सत्ता, ज्ञान, पक्षधरता

Abstract

प्रस्तुत लेखमा बसाइँ उपन्यासमा अभिव्यञ्जित लेखकीय विचारधाराको खोजी र विश्लेषण पाठविश्लेषणात्मक गुणात्मक अनुसन्धानविधिमा भएको छ । विचारधाराको विषय आदिकालमा गुरुशिष्य परम्परामा भएको विमर्शात्म परम्पराबाट विकसित भए पनि वर्तमान विचारधाराको विकासमा माक्र्सवादको योगदान रहेको छ । पछिल्लो समय माक्र्सवादसँगको अन्तर्मथनमा माक्र्सवादी तत्त्वको समर्थन र विरोधसहित ग्राम्सी र अल्थ्युसरले यसको सैद्धान्तिक आधार निर्माण गरेका छन् । मूलभूत रूपमा राजनीतिक विषय भए पनि साहित्यिक सन्दर्भमा विचारधाराको विषय साहित्यकारले साहित्यिक पाठमा सहभागीका विचार, कथ्यको मूलभाव, लेखकको दृष्टिकोण वा सारतत्त्वमा निहित भाष्यको विश्लेषण गरी प्रकाशमा ल्याउने विषय रहेको छ । सामाजिक संरचनाको वर्णनका क्रममा समाजका किनारीकृत समुदायको पक्षमा नरही वर्गीय, जातीय र लैङ्गिक रूपमा समाजमा उपेक्षित रहेको वर्ग उनको भाग्य र नियतिका कारण समाजबाट विस्थापित हुनुपरेको निष्कर्ष निकालेका उपन्यासकारले परिवर्तित राजनीतिक सन्दर्भलाई आत्मसात् नगरी सामन्तवादी सत्ताले उत्पादन गरेको ज्ञानलाई अभ्यन्तरित रूपमा अङ्गीकार गरेका छन् । यस लेखले सत्ताप्रदत्त ज्ञानलाई प्रसारण गर्ने परम्परित बुद्धिजीवीको भूमिका निर्वाह गरेका लेखकको विचारधारा समाजिक संरचनामा सत्तापरस्त तथा समाजमा सामन्तवाद, पितृसत्ता र उच्चजातीय विचारधाराको पक्षधर रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
12

Downloads

Published

2024-07-02

How to Cite

अधिकारी अ., & रेग्मी र. (2024). बसाइँ उपन्यासमा विचारधारा. Voice: A Biannual &Amp; Bilingual Journal, 16(1), 174–185. https://doi.org/10.3126/voice.v16i1.67430

Issue

Section

Articles