रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतको उद्देश्य

Authors

  • प्रदिप ज्ञवाली बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि.

DOI:

https://doi.org/10.3126/voice.v16i1.67427

Keywords:

अन्धविश्वास,, आध्यात्मिक ज्ञान,, मनोरञ्जन,, लोककल्याण,, लोकमब्गल

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यसको प्रयोजन वा उद्देश्यको निरुपण गरिएको छ । यस क्षेत्रमा प्रचलित फागुगीतहरूको मूल प्रयोजन भनेको मनोरञ्जन, नैतिक शिक्षा वा उपदेश, लोककल्याण र सामाजिक यथार्थको प्रकटीकरण नै रहेको देखिन्छ । यी फागुगीतहरूका सामाजिक, धार्मिक, सांस्कृतिक, पौराणिक आदि विषयवस्तुभित्र रहेका विरह तथा वेदना भए पनि त्यसको गायनपछि मनमा शान्ति उत्पन्न हुने भएकाले यस्ता दुःखका गीतहरूमा पनि मनोरञ्जन भन्ने तत्व अन्तर्घुलित भएर आएको देखिन्छ । फागुपर्व आफैमा खुसियालीको अवसर भएको हुँदा यस सन्दर्भमा गाइने गीतमा मनको बहलाउ वा मनोरञ्जन अन्तिम लक्ष्य भएको पाइन्छ । यस क्षेत्रका फागुगीतमा अग्रजले गरेका असल कार्यको प्रशंसा गरेर मानिसलाई सही मार्गतर्फ अभिपे्ररित गराउने ध्येय रहेको देखिन्छ । यी फागुगीतहरूमा मनोरञ्जनात्मक पारामा नैतिक शिक्षा, व्यावहारिक ज्ञान तथा आध्यात्मिक ज्ञान प्रदान गर्ने र समाज सुधारको बाटो देखाउने उद्देश्य राखेको पाइन्छ । कमङ्गलको कामना तथा अनिष्ट निवारण गर्नु यहाँ प्रचलित फागुगीतको अभीष्ट हो । देवीदेवतासम्बन्धी फागुगीतमार्फत लोकमङ्गलको कामना तथा धर्म प्राप्ति अर्थात् अनिष्ट निवारण हुने कुराको अभिव्यक्तिसमेत यी गीतमा पाइन्छ । यज्ञ गरेर अनि भागवत सुनाएर मोक्ष प्राप्त गरी लोकमङ्गलको कामना गर्नु, ऐतिहासिक एवं भौगोलिक तथ्यको जानकारीका साथै जनसमुदायका वास्तविक भोगाइ र समाजको यथार्थको अभिव्यक्तिका साथै यी फागुगीतमा समाजका विश्वास, अन्धविश्वास, रीतिथिति, चालचलन, रहनसहन, संस्कृति आदिको समेत प्रतिबिम्ब झल्किएको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
15

Downloads

Published

2024-07-02

How to Cite

ज्ञवाली प. (2024). रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतको उद्देश्य. Voice: A Biannual &Amp; Bilingual Journal, 16(1), 138–153. https://doi.org/10.3126/voice.v16i1.67427

Issue

Section

Articles