विद्यालय तहको पाठ्यक्रममा शान्तिशिक्षा {Peace Education in the School Level Curriculum}

Authors

  • विष्णुबहादुर Bishnubahadur के.सी. KC त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज

DOI:

https://doi.org/10.3126/voice.v15i1.58167

Keywords:

आर्य अष्टाङ्घिक मार्ग, शान्तिशिक्षा, बौद्धशिक्षा, मानवता, बौद्धदर्शन, मैत्री, पञ्चशिल

Abstract

शान्तिशिक्षा सम्बन्धि स्पष्ट राष्ट्रिय शिक्षाका उद्देश्य र तहगत उद्देश्यहरू रहेका छैनन् । शान्तिसंग सम्बन्धित पक्षहरू सामाजिक अध्ययन, नेपाली, विज्ञान, स्वास्थ्य र शारीरिक, सिर्जनात्मक र नैतिक शिक्षामा रहेका छन् । यी विषयहरूमा सामाजिकता, मानवीय मूल्य, आस्था सेवाभाव, प्रजातात्रिक, लोकतन्त्र, सद्भाव, सहयोग, चरित्र, नैतिकता, एकता, मैत्री, सहिष्णुता, विश्ववन्धुत्व र मानवअधिकार मुख्य रूपमा रहेका छन् । बौद्धशिक्षा अन्तर्गत परियत्ति शिक्षामा ध्यान, शील, प्रज्ञा, सेवा, मैत्री, भावाना, समभाव, आर्य आष्टाङ्गिक मार्ग, पञ्चशिल, पुण्य काम, सकारात्मक सोच, कर्तव्यबोध, सफल जीवनका सुत्रहरू, शान्त र असल पक्षहरू रहेका छन । विद्यालय तहको शिक्षामा, शिक्षाका राष्ट्रिय उद्देश्यहरू र तहगत उद्देश्यहरूमा राखेका शान्तिशिक्षाका पक्षहरूको अपेक्षित विद्यार्थीहरूमा व्यवहार एंव ज्ञान, सीप र धारणा विकास गर्न बौद्धदर्शनका शान्तिशिक्षाको महत्वपूर्ण पक्षहरू विद्यालयको पाठ्यक्रममा समावेश गर्नु पर्दछ । विशेष गरी ध्यान, पञ्चशिलका पक्षहरु र आर्य अष्टाङ्घिक मार्ग र मैत्री, करुणा, मुदिना र उपेक्षालाइ शान्न्तिशिक्षामा समावेश गराउनु पर्दछ । शान्तिशिक्षामा आस्था, सहिष्णुता, श्रद्धा, प्रेम, रचनात्मक सोच, सकारात्मक सोच, अनुशासन, मानवता, सामाजिक न्याय र वातावरण सचेतनाका विषयवस्तु प्रत्यक्ष स्पष्ट रूपमा पाठ्यक्रममा समावेश गर्नुपर्दछ । विद्यालय शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकमा शान्तिका पक्षहरू, आन्तरिक रूपमा शान्तिको अनुभूती गर्ने बौद्धदर्शन समेटी एउटा कोर विषय बनाउनु पर्दछ । नेपाली र नैतिक शिक्षा विषयमा बौद्ध साहित्यका जातक कथाहरु समाबेश गर्नु पर्दछ ा समग्रतामा मानवता विकास गराउन महत्वपूर्ण शान्तिशिक्षाको आधार नै बौद्धदर्शन हो ।
विद्यार्थीिहरुमा शान्तिप्रीय व्यक्तित्व विकास गर्न र समाजमा शान्ति स्थापना गर्न विद्यालय शिक्षामा शान्तिशिाक्षाको व्यवस्था गर्नु पर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
40

Author Biography

विष्णुबहादुर Bishnubahadur के.सी. KC, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज

उपप्राध्यापक

Downloads

Published

2023-08-31

How to Cite

के.सी. KC व. B. (2023). विद्यालय तहको पाठ्यक्रममा शान्तिशिक्षा {Peace Education in the School Level Curriculum}. Voice: A Biannual &Amp; Bilingual Journal, 15(1), 131–142. https://doi.org/10.3126/voice.v15i1.58167

Issue

Section

Articles