नेपाली टुक्कामा सांस्कृतिक प्रतीक

Authors

  • Sakhi Saran Subedi TU

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85539

Keywords:

अवधारणा, पाठभण्डार, लोकविश्वास, संरचक घटक, सार्वभौम

Abstract

विशिष्ट सूत्रात्मक कथन टुक्का हो । टुक्कामा मानव समाजका विभिन्न सांस्कृतिक प्रतीकहरू व्यक्त भएको हुन्छ । मानव समाजमा विभिन्न किसिमका अवधारणाहरू रहेका हुन्छन् । ती अवधारणाहरूमध्ये लोकप्रचलित अवधारणा व्यक्त हुने सन्दर्भमा नेपाली टुक्काको प्रयोग भएको हो । मानिसले आफ्नो शताव्दीऔँ पुरानो परम्परादेखि मान्दै आएका अवधारणाहरू टुक्काको सांस्कृतिक प्रतीकका रूपमा रहेका हुन्छन् । मानिसले आपूmलाई आफ्नै संस्कृतिको सेरोफेरोमा चिन्दै र जान्दै आएका हुनाले ती अवधारणाहरू टुक्काका माध्यमबाट व्यक्त भएका हुन् । परम्परादेखिको विश्वास विश्वदृष्टि हो । यसैबाट संस्कृतिको निर्माण हुन्छ । टुक्का र त्यसको अर्थनिर्धारण संस्कृतिकै सापेक्षतामा हुन्छ । मानिसले आफ्ना वरपरका मूर्त–अमूर्त वस्तुका वैशिष्ट्यलाई अनुभवसँग जोडेर टुक्काहरूको निर्माण गर्दछ । टुक्काको अर्थमा ती अनुभवहरू मिश्रित हुन पुगेका हुन्छन् । यस किसिमको मिश्रित अर्थ एउटा घटकको अन्य घटकसँग सांस्कृतिक दृष्टिकोण समेतको सहप्रयोगका आधारमा व्यक्त भएको हुन्छ । यस किसिमको मिश्रित अर्थ नै टुक्काको विशिष्ट अर्थ हुन्छ । संज्ञानात्मक अवधारणात्मक प्रणालीको मान्यताका आधारमा नेपाली भाषाको प्रयोगमा रहेका टुक्काहरूमा सांस्कृतिक प्रतीकको निरूपण गर्न सकिन्छ । नेपाली टुक्कामा धर्म, संस्कार, लोकविश्वास, पुराण, जात र पेसा, आचरण, ज्योतिष, खेल, जीवजन्तु र पक्षी, हातहतियार, भाव, समय र परिमाणसँग सम्बन्धित सांस्कृतिक प्रतीक व्यक्त भएको पाइन्छ । 

Downloads

Download data is not yet available.
Abstract
5
PDF (नेपाली)
0

Published

2025-11-03

How to Cite

Subedi, S. S. (2025). नेपाली टुक्कामा सांस्कृतिक प्रतीक. Vangmaya वाङ्मय, 22(1), 126–138. https://doi.org/10.3126/vangmaya.v22i1.85539

Issue

Section

Articles