आमाको सपना कवितामा सौन्दर्य

Authors

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85537

Keywords:

गुणवत्ता, प्राकृतिक, बिम्ब, शिल्प, सन्देश, समयचेतना

Abstract

गोपालप्रसाद रिमाल काव्यसौन्दर्य र समयचेतनाका कवि हुन् । उनको आमाको सपना कवितामा काव्यसौन्दर्यका केकस्ता पक्षको प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित भएर गरिेएको यस अध्ययनमा आमाको सपना कविताको पाठपरक विश्लेषण गरिएको छ ।राजनीतिक परिवर्तनको चाहना राखिरहेको तत्कालीन समयको आवाजलाई सुन्दर र सशक्त काव्यसौन्दर्यमा प्रस्तुत गरिएको यस कविताको विश्लेषणको आधार कविताको भाषा, बिम्ब, अलङ्कार, प्रतीक समयचेतना, दर्शन र सन्देशलाई लिइएको छ । आमाको सपना कवितालाई काव्यसौन्दर्यका उल्लिखित कोणबाट अध्ययन गर्दा यस कवितामा उच्च सौन्दर्यचेतना रहेको निष्कर्ष प्राप्त भएको छ । रिमालको समाज र देशप्रतिको जिम्मेवारीबोध र तत्कालीन समयले चाहेको परिवर्तनको आवाजलाई स्पष्ट रूपमा शक्तिशाली काव्यबिम्बका साथ कवितामा प्रस्तुत हुन सकेको र यो क्षमता कविमा देखिएको आमाको सपना कविताले पुष्टि गरेको छ । शिल्प सौदर्य, समयचेतना तथा दर्शनका कोणबाट रिमालको आमाको सपना सशक्त रचना हो भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF (नेपाली)
13

Published

2025-11-03

How to Cite

Dhakal, R. (2025). आमाको सपना कवितामा सौन्दर्य. Vangmaya वाङ्मय, 22(1), 106–115. https://doi.org/10.3126/vangmaya.v22i1.85537

Issue

Section

Articles