नेपाली उपन्यासमा कोखदायी आमा

Authors

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85437

Keywords:

केशशुल्का, कोख, कोखदायी, आमा, धितो, निषेचन, भ्रूण

Abstract

प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको कोख र राजेन्द्र सुवेदीको धितोकोख उपन्यासमा वर्णित कथ्यमा रहेको अरूबाट धन लिई तिनकै निम्ति सन्तान जन्माइदिनुपरेका नारीको बाध्यात्मक परिस्थितिलाई मूल विषय बनाइएको छ ।कानुनी रूपमा सम्झौता गरी कुनै महिलाले निश्चित धन लिई अर्कै व्यक्तिका निम्ति बच्चा जन्माइदिने र जसका निम्ति बच्चा जन्माइदिएको हो उसलाई जिम्मा दिएपछि दायित्व समाप्त हुने अवस्थामा पुगेकी आमा नै कोखदायी आमा हुन् । नेपाली उपन्यासपरम्परामा देखिएका उपर्युक्त उपन्यासमा रहेको कोखदायी आमाको यही विषयमा केन्द्रित रहेर लेख तयार पार्न प्राथमिक तथा द्वितीयक दुवै प्रकारका सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई ब्रान्डाओ, पिरसान्ती, कान्साल्भो लगायतका विद्वान्हरूको कोखदायी आमासम्बन्धी मान्यता एवम् फुको तथा लुसी इरिगेरीको शरीर राजनीतिसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । सामाजिक रूपमा तिरस्कृत भइन्छ भन्ने लाग्दा लाग्दै बाध्यात्मक परिस्थितिका कारण आप्mनो कोख धितोमा राखी भाडामा कोख लेनदेन गर्न उद्यत नारीको व्यथा र नेपाली उपन्यासमा रहेका पात्रहरूको मनोशारीरिक अवस्थालाई विश्लेषण गरी त्यस्तो कर्मबाट नेपाली नारीले सामाजिक रूपमा प्राप्त गरेको सन्तुष्टि र असन्तुष्टिलाई यस लेखको निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
5
PDF (नेपाली)
0

Published

2025-11-03

How to Cite

Niraula, Y. (2025). नेपाली उपन्यासमा कोखदायी आमा. Vangmaya वाङ्मय, 22(1), 94–105. https://doi.org/10.3126/vangmaya.v22i1.85437

Issue

Section

Articles