बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
DOI:
https://doi.org/10.3126/vangmaya.v22i1.85357Keywords:
अतिमानवीय पात्रसम्बन्धी लोकविश्वास, अद्भुत घटनासम्बन्धी लोकविश्वास, अमृत जल, अमृत फल, अलौकिक शक्तिसम्बन्धी लोकविश्वासAbstract
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो । यो सुन्नेसुनाउने पद्धतिमा प्रसारित र हस्तान्तरित हुँदै आएको हुन्छ । लोककथाका माध्यमद्वारा लोकविश्वास अभिव्यक्त हुन्छ । लोकविश्वास लोकको विश्वास हो । लोकविश्वास एकप्रकारको धारणा हो र त्यो वैयक्तिक नभएर सामूहिक हुन्छ । समाजमा त्यो संस्कृतिका रूपमा रहेको हुन्छ । लोकविश्वासको निर्माण काल्पनिक, आनुभविक एवं वैचारिक आधारमा भएको पाइन्छ । लोकविश्वासका अनेकौँ प्रकार हुन्छन् । प्रस्तुत लोककथामा मुख्य रूपमा अद्भुत घटना, अतिमानवीय पात्र एवं अलौकिक शक्तिसम्बन्धी लोकविश्वास मुख्य रूपमा पाइन्छ । मानवले गर्न नसक्ने कार्य गर्नु वा अतिमानवीय तइभ्वले मानवीय कार्य गर्नु, अनौठो र अलौकिक घटना घटित हुनु अद्भुत घटना हो । प्रस्तुत लोककथामा भगवान्, राक्षस, भूत र पशु अतिमानवीय पात्रका रूपमा आएका छन् । दैवी शक्ति, दानवी शक्ति, अलौकिक शक्ति भएका वस्तु आदि यस कथामा पाइन्छ । तिनैको विश्लेषण यस अध्ययनमा गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन क्षेत्रकार्य र पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धतिअन्तर्गत विषयवस्तुविश्लेषण विधिमा गरिएको छ ।लोकविश्वासले यस लोककथालाई रोचक र प्रभावकारी बनाएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।