उत्तरवर्ती चरणका विज्ञानविषयक नेपाली उपन्यासमा स्वैरकल्पना

Authors

  • Dipak Prasad Dhakal TU

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85353

Keywords:

अधिपाठ, अनुरूपण, डाटा प्रणाली, नानुक्रमिक, सर्वकालिक, सर्वस्थानिक

Abstract

प्रस्तुत लेखमा उत्तरवर्ती चरणका विज्ञानविषयक नेपाली उपन्यासमा स्वैरकल्पनाको अध्ययन गरिएको छ । वि.सं. २०३६ पछिको कालावधिलाई उत्तरवर्ती चरण नामकरण गरी विश्लेषण गरिएकाले यसैलाई अध्ययन क्षेत्र स्विकारिएको हो । स्वैरकल्पनाका विशुद्ध कल्पना र विज्ञानप्रविधिका तथ्यमा आधारित विज्ञान स्वैरकल्पना गरी दुई अवधारणा छन् । प्रस्तुत लेखमा विज्ञानप्रविधिसम्बद्ध कल्पनाको अध्ययन गरिएको छ । यस लेखका निम्ति सामग्री पुस्तकालय कार्यबाट प्रयोग गरिएका छन् । यस लेखमा अवधारणात्मक सूचक निर्माण गरी प्राथमिक सामग्रीको विश्लेषण गरिएकाले निगमनात्मक विधि प्रयोग भएको छ । सत्यापनका क्रममा तथ्याधारित तर्क प्रयोग गरिएकाले अध्ययन आगमनात्मक पनि बन्न पुगेको छ । उत्तरवर्ती चरणका विज्ञानविषयक नेपाली उपन्यासमा स्वैरकल्पना विशेषतः इन्टरनेट सञ्जालमा केन्द्रित छ । स्वैरकल्पना पनि निकट आगत र सुदूर अनागतमा केन्द्रित भई आएका छन् । निकट आगतलाई संश्लेषण गर्ने क्रममा ‘कान्छी’ प्रतिनिधि उपन्यास हो । त्यसैगरी ‘जिरो कटेज’, ‘सावर्णि’ र ‘द सुप्रिम ह्युमन’ सुदूर अनागतको स्वैरकल्पनामा केन्द्रित उपन्यास हुन् । प्राथमिक सामग्रीलाई स्वैरकल्पनाका अवधारणात्मक सूचकहरू ‘अधिपाठीय सम्प्रेषण’, ‘साइबरपङ्क पात्र’ र ‘कृत्रिम बुद्धिमत्ता’ का कोणबाट विश्लेषण गरी सत्यापनमा पुगिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
2
PDF (नेपाली)
0

Published

2025-11-03

How to Cite

Dhakal, D. P. (2025). उत्तरवर्ती चरणका विज्ञानविषयक नेपाली उपन्यासमा स्वैरकल्पना. Vangmaya वाङ्मय, 22(1), 43–54. https://doi.org/10.3126/vangmaya.v22i1.85353

Issue

Section

Articles