नवइतिहासवादी समालोचनाको सैद्धान्तिक अवधारणा

Authors

DOI:

https://doi.org/10.3126/vangmaya.v22i1.85314

Keywords:

अन्तरविधापरकता, उत्तरसंरचनावाद, वैयक्तिकता, शक्ति–सम्बन्ध, सीमान्तीयता

Abstract

प्रस्तुत लेखमा नवइतिहासवादी समालोचनाको मुख्य अवधारणाको विश्लेषण गरिएको छ । यो समालोचना उत्तरसंरचनवादका प्रभावमा परम्परागत इतिहासवादी अध्ययन र कृतिपरक अध्ययनका व्यतिरेकमा सांस्कृतिक दृष्टिबाट साहित्यको अध्ययन गर्ने एउटा नवीन पद्धति हो । पाश्चात्य जगत्मा विकसित यस नवइतिहासवादी समालोचनाको विकास के कसरी भयो र यसका मुख्य अवधारणा के कस्ता रहेका छन् भन्ने समस्यामा केन्द्रित भएर यो अध्ययन गरिएको छ । त्यसका लागि आवश्यक सामग्री पुस्तकालय र इन्टरनेटका माध्यमबाट सङ्कलन गरिएको छ । यसमा तथ्यहरूको व्याख्या विश्लेषण गरी समस्याको निरूपण गर्ने सन्दर्भमा नवइतिहासवादी विद्वान्‌हरूको विचार र नेपाली साहित्य समालोचनाका सन्दर्भहरूलाई आवश्यकताअनुसार उपयोग गरिएको छ । यसमा विश्लेषण विधिका माध्यमबाट समस्याको निरूपण गरिएको छ । यसरी गरिएको अध्ययनका आधारमा नवइतिहासवादी समालोचना सन् १९८० को दशकमा स्टेफन ग्रिनब्लाटलगायतका पाश्चात्य विद्वान्हरूको प्रयासमा विकास भएको हो । इतिहासलाई गतिशील एवम् खण्डित लेखन मानिने भएकाले यसमा कलासाहित्यको अध्ययनबाट नवीन ऐतिहासिक तथ्यको खोजी गर्न सकिने मान्यता रहेको छ । त्यसैले कलासाहित्यलाई संस्कृतिका अनेक डिस्कोर्सहरूमध्येको एउटा महइभ्वपूर्ण डिस्कोर्स मान्नु, यसलाई सामाजिक–सांस्कृतिक सन्दर्भहरूको महइभ्वपूर्ण दस्ताबेज मान्नु, इतिहासलाई खण्डित एवम् आत्मपरक लेखन मान्नु, तथा कलासाहित्यको अध्ययनबाट परम्पराभिन्न नवीन इतिहासको खोजी गर्न सकिन्छ भन्ने मान्यता अङ्गीकार गर्नु यसका मुख्य अवधारणा रहेका छन् । 

Downloads

Download data is not yet available.
Abstract
8
PDF (नेपाली)
2

Published

2025-11-03

How to Cite

Shrestha, J. (2025). नवइतिहासवादी समालोचनाको सैद्धान्तिक अवधारणा. Vangmaya वाङ्मय, 22(1), 33–42. https://doi.org/10.3126/vangmaya.v22i1.85314

Issue

Section

Articles