पथेर कथामा विचारधाराको प्रयुक्ति
DOI:
https://doi.org/10.3126/vangmaya.v22i1.85312Keywords:
अधीनस्थ, प्रभुत्व, प्रतिरोध, श्रमिक वर्ग, शासक वर्गAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख श्याम साहको ‘पथेर कथामा विचारधाराको प्रयुक्ति’ शीर्षकमा केन्द्रित रहेको छ । पथेर कथामा मधेसको अभिजात वर्गका पात्रले त्यहाँका इटाभट्टामा काम गर्ने श्रमजीवी वर्गका पथेरमाथि गर्ने अन्याय, अत्याचार, आर्थिक शोषण र दोहनका सन्दर्भको चित्रण गरिएको छ । विचारधारा मूलतः माक्र्सवादी चिन्तनमा आधारित दर्शन हो । माक्र्सवादी विचारधारालाई समाजको वर्गीय स्वरूपसँग जोडेर अध्ययन गरिन्छ । विचारधाराअन्तर्गत शासक वर्गीय विचारधारालाई प्रभुत्वशाली विचारधाराका रूपमा र निम्न वर्गीय विचारधारालाई अधीनस्थ विचारधाराका रूपमा विश्लेषण गरिएको छ । पथेर कथाका बारेमा गरिएका पूर्वकार्यहरूको सूक्ष्म अध्ययन गर्दा समाजशास्त्रीय अध्ययनबाहेक अन्यसन्दर्भबाट अध्ययन नभएकाले यहाँ पथेर कथाको विचारधाराको प्रयुक्तिलाई आधार मानी अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका लागि पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक सामग्री सङ्कलन गरिएको छ । यस कथामा मधेसका शासक वर्गका इटाभट्टा मालिकहरूले स्थानीय मधेसी मजदुर र छिमेकी राष्ट्रबाट आएका मजदुरहरूलाई श्रममा लगाई समयमै ज्याला भुक्तानी नगर्ने सन्दर्भको मार्मिक प्रस्तुति छ । शासक वर्गले शासित वर्गका श्रमजीवीहरूलाई शोषण, दोहन गरेका विषयवस्तुको यथार्थपरक चित्रण गरिएको पाइन्छ ।