झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
DOI:
https://doi.org/10.3126/vangmaya.v21i1.74245Keywords:
पर्यावरणीय समालोचना, पर्यासाहित्य, पर्यावरण सन्तुलन, पर्यावरण संरक्षण, सामाजिक सांस्कृतिक पर्यावरणAbstract
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावरणीय विषयवस्तु उल्लेख भएका कथन वा भाषिक तथ्य प्राथमिक स्रोतका रूपमा रहेका छन् । पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अवलम्बन गरी तयार पारिएको यस लेखमा निर्दिष्ट पुस्तकका पर्यावरणीय विषयवस्तु मूल तथ्य बनेका छन् । निर्दिष्ट कृतिमा पर्यावरण र मानिसबिचको सम्बन्ध, सामाजिक एवम् सांस्कृतिक पर्यावरणका विषयवस्तु र पर्यावरणीय संरक्षणमा
मुद्दा प्रस्तुतिका साथै पर्यावरणको संरक्षणका प्रौढ तथा बालबालिका सक्रिय रहेको देखाउँदै उक्त चेतनाको प्रबलीकरण पनि गरिएको छ । यसमा पर्यावरणीय पक्ष एवम् मानिसको सम्बन्ध अन्योन्याश्रित रहेको जनाउँदै मानिसको जीवनयापनमा पर्यावरणको प्रमुख भूमिका भएको विचार र नेपालका सामाजिक एवम् सांस्कृतिक विषयवस्तुमा आधारित परिवेशसहित मानिसका लागि तिनको भूमिका दर्साइएको छ । जन्मदिनको उत्सव मनाउँदा होस् वा मृत्यु संस्कारका सन्दर्भ वृक्षरोपण गर्ने परम्परा विकास गर्नुपर्ने सन्देश सरल र स्वाभाविक किसिमले अभिव्यक्त भएको ‘झल्को’ बालउपन्यास पर्यावरणीय दृष्टिले
सान्दर्भिक तथा उपयोगी कृति बनेको देखिन्छ । समग्रमा बालबालिकामा पर्यावरणीय सचेतना निर्माण गर्दै नेपाली मौलिक संस्कृतिको विकासका लागि विश्लेष्य कृतिमा पर्यावरणीय सन्दर्भ पहिचान गर्ने अभीष्ट राखिएको छ ।