‘मेरो चोक’ कवितामा असंलक्ष्यक्रमव्यङ्ग्य ध्वनि

Authors

Keywords:

असंलक्ष्यक्रमव्यङ्ग्य, ध्वनि, ध्वन्यार्थ, प्रतीयमान, व्यङ्ग्यार्थ

Abstract

प्रस्तुत लेखमा कवि भूपी शेरचनको मेरो चोक कवितामा अभिव्यक्त ध्वन्यार्थको विश्लेषण गरिएको छ। यसमा उक्त कविता प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने विश्लेषणका लागि आवश्यक सिद्धान्त निर्माणमा सहयोग पुर्‍याउने विभिन्न कृतिहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरिएको छ। आवश्यक स्रोत सामग्रीहरूको सङ्कलन पुस्तकालयीय अनुसन्धानबाट गरिएको छ।यस लेखमा ध्वनिको एउटा भेद असंलक्ष्य व्यङ्ग्य ध्वनि को सिद्धान्त उपयोग गरिएको छ। मेरो चोक कवितामा वाच्यार्थको तुलनामा व्यङ्ग्यार्थ अत्यन्त शक्तिशाली रूपमा प्रकट भएको छ भन्ने निष्कर्ष निकालिएको छ। साथै, परम्परागत विचारका साँघुरा गल्ली नभत्काएसम्म नेपाली समाजमा विचारको नयाँ गल्ली निर्माण हुन नसक्ने ध्वन्यार्थ प्रस्तुत गरिएको छ।यस कविताले नेपालको भौगोलिक तथा सामाजिक अवस्था तथा नेपाली जनताले भोग्नुपरेका दुःखद परिस्थितिलाई ध्वनिका रूपमा अभिव्यक्त गरेको देखिन्छ। कवितामा उल्लेखित साँघुरो गल्ली लाई काठमाडौँ सहर, नेपालका दुई विशाल छिमेकी देशहरूबीचको अवस्थिति, नेपालीहरूको विचार, धार्मिक सङ्कीर्णता, पैसामुखी सोच, र नेपालको शासन व्यवस्थासँग सम्बन्धित रूपमा व्याख्या गरिएको छ। यी विविध पक्षहरूसँग गाँसिएको विशेष ध्वन्यार्थ यस लेखमा निकालिएको छ।

 

 

Abstract
142
PDF
11

Downloads

Published

2025-02-03

How to Cite

तिवारी Tiwari प. P. P. (2025). ‘मेरो चोक’ कवितामा असंलक्ष्यक्रमव्यङ्ग्य ध्वनि. Vangmaya वाङ्मय, 21(1), 71-82. https://doi.org/10.3126/vangmaya.v21i1.74236

Issue

Section

Articles

How to Cite

तिवारी Tiwari प. P. P. (2025). ‘मेरो चोक’ कवितामा असंलक्ष्यक्रमव्यङ्ग्य ध्वनि. Vangmaya वाङ्मय, 21(1), 71-82. https://doi.org/10.3126/vangmaya.v21i1.74236