सधैँ सधैँ मेरो सपनामा कवितामा ध्वन्यार्थ

Authors

  • केशवराज Keshabraj अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/vangmaya.v21i1.74211

Keywords:

अभिव्यञ्जन, उपमा, प्रकरणा, प्रतीति, व्यङ्ग्यार्थ

Abstract

प्रस्तुत लेख सधैँ सधैँ मेरो सपनामा कविताको ध्वनि विश्लेषणसँग सम्बन्धित छ । भूपीको प्रस्तुत कवितामा ध्वन्यात्मक अर्थ के कसरी अभिव्यञ्जित भएको छ भन्ने मूल प्राज्ञिक जिज्ञासामा यो अनुसन्धान केन्द्रित रहेको छ । प्रस्तुत कवितामा ध्वनिको आश्रय र स्वरूपका आधारमा ध्वन्यार्थको खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यसमा पुस्तकालयीय कार्यबाट भूपीका कवितालाई प्राथमिक सामग्री र ध्वनि सिद्धान्तसम्बद्ध टीका एवम् निर्दिष्ट कवितासम्बन्धी भएका पूर्व अध्ययनका सामग्रीहरू द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । पूर्वीय साहित्य सिद्धान्तका ध्वनि विश्लेषणका आश्रयगत आधारका पदावली र प्रकरण तथा ध्वन्यार्थ प्रतीतिको स्वरूपगत आधारमा प्रस्तुत कविताको विश्लेषण गरिएको छ । साथै तत्तत् आधारमा कवितामा अन्तर्निहित ध्वनि पहिचान गरी त्यसले काव्यमा सिर्जना गरेको सौन्दर्यको विश्लेषण गर्ने प्रयास यस लेखमा गरिएको छ । प्रस्तुत कवितामा तत्कालीन नेपाली समाजको दास मानसिकताका कारण कायम हुन गएको विदेशी औपनिवेशिकताले नेपालीहरूको शिर निहुरिएको ध्वन्यार्थ प्रकरणका तहमा व्यक्त भएको देखिन्छ । यस प्रकारको नेपाल र नेपालीको अदूरदर्शी सोचले देशभक्त वीर गोर्खालीको गौरवको संस्कृति विदू्रपीकरण हुँदै गएको देखाइएको छ । यसले देशको वर्तमान भयावह स्थिति त छँदै छ भविष्यको समेत राम्रो सङ्केत नदेखिएको हुँदा बेलैमा सच्चिनु पर्ने सन्देशसहितको ध्वन्यार्थ यसको निष्कर्ष हो । साथै ध्वन्यार्थ प्रतीतिमा वस्तुध्वनि र अलङ्कार ध्वनि रसध्वनिकै अङ्गी बनेर सिङ्गो काव्यको व्यङ्ग्यार्थ ध्वनित गर्न समर्थ हुनु यसको प्राप्ति हो l

Downloads

Download data is not yet available.
Abstract
27
PDF
22

Downloads

Published

2025-02-03

How to Cite

अधिकारी Adhikari क. K. (2025). सधैँ सधैँ मेरो सपनामा कवितामा ध्वन्यार्थ. Vangmaya वाङ्मय, 21(1), 37–52. https://doi.org/10.3126/vangmaya.v21i1.74211

Issue

Section

Articles