गेस्टापो उपन्यासमा अभिघात

Authors

  • Rajani Dhakal

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68207

Keywords:

आमहत्या, नरसंहार, मानसिक आघात, मनोशारीरिक अवस्था, विश्वयुद्ध

Abstract

प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युरोपेली समाजको चित्रण छ । दोस्रो विश्वयुद्धको आघातका केन्द्रमा लेखिएको यस उपन्यासको विषय र चरित्रमा अभिघातपरक प्रस्तुति छ । पाठपरक विश् लेषणविधिमा लेखिएको यस लेखमा अभिघातको अध्ययनका लागि उपन्यासमा अभिघातको प्रतिनिधित्व र अभिघातको अवस्था तथा प्रभावका आधारमा ‘गेस्टापो’ उपन्यासको विषयगत सन्दर्भ र पात्रका मनोदशाको विश् लेषण गरिएको छ । दोस्रो विश् वयुद्धमा हिटलरको अहंका कारण जातीय संहार गरिएका यहुदीको अवस्था, युद्धको समय र युद्धपछिको जर्मन समाज र त्यहाँका नागरिकको विदीर्ण मानसिकता यस उपन्यासको मूल कथ्य सन्दर्भ हो । यस उपन्यासमा युद्धले सिर्जना गरेका हिंसाका अनेक रूप चित्रित छन् । प्रस्तुत अध्ययनमा युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासका समाख्याता हैम्बर्ग पात्रलगायत युद्धले प्रत्यक्ष प्रभाव पारेका पात्रहरूको मनोशारीरिक चोटको विश् लेषण गर्दै ती आघातले पात्रका जीवनमा उत्पन्न भएको असामान्यता, विसङ्गत अवस्था र निराशाको विश् लेषण गरिएको छ । उपन्यासका घटना तथा पात्रहरूको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानव जीवनका लागि आघातपूर्ण, भयावह र निराशाजनक नै हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
55
PDF
33

Downloads

Published

2024-08-06

How to Cite

Dhakal, R. (2024). गेस्टापो उपन्यासमा अभिघात . Vangmaya वाङ्मय, 20(01), 23–34. https://doi.org/10.3126/vangmaya.v20i01.68207

Issue

Section

Articles