देवकोटाका आख्यान र प्रबन्धकाव्यमा नारीविद्रोह

Authors

  • Sadhana Panta

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68206

Keywords:

उत्पीडन, पितृसत्ता, यथास्थिति, यौनिकता, विभेद

Abstract

प्रस्तुत लेखमा देवकेटाका आख्यान र प्रबन्धकाव्य कृतिहरूमा अििभव्यञ्जित नारीविद्रोहको निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका सुलोचना र प्रमिथस महाकाव्य, सृजामाता खण्डकाव्य, चम्पा उपन्यास तथा लक्ष्मी कथासङ्ग्रहभित्रका कथाहरूलाई नारीवादी मान्यताअन्तर्गत नारीविद्रोहको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । यसका लागि विशेषगरी आमूल नारीवादी विचारधाराअन्तर्गत पितृसत्तात्मक सामाजिक संरचना, त्यसद्वारा निर्देशित विभेदकारी संस्कृति र लैङ्गिक उत्पीडनका सन्दर्भहरूको खोजी गरिएको छ । यस लेखमा देवकोटाका निर्धारित कृतिभित्रका नारीपात्रद्वारा गरिएको विद्रोहलाई सामाजिक–सांस्कृतिक सन्दर्भ तथा यौनिक सन्दर्भ गरी दुई प्रकारमा प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र महिलाहरू उपर्युक्त दुई पक्षबाट उत्पीडित हुने नारीवादी मान्यताका आधारमा देवकोटाका नारीपात्रहरूको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनबाट देवकोटाका निर्धारित कृतिहरूमा विद्रोही नारी पात्रको उपस्थिति रहेको तथा उनीहरूद्वारा सामाजिक–सांस्कृतिक सन्दर्भ तथा यौनिक उत्पीडनका सन्दर्भमा विद्रोह गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
12

Downloads

Published

2024-08-06

How to Cite

Panta , S. (2024). देवकोटाका आख्यान र प्रबन्धकाव्यमा नारीविद्रोह . Vangmaya वाङ्मय, 20(01), 35–44. https://doi.org/10.3126/vangmaya.v20i01.68206

Issue

Section

Articles