सुकरातका पाइला उपन्यासमा अन्तर्पाठीयता

Authors

  • Shankar Ghaire

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68176

Keywords:

अन्तर्विषयकता, पारपाठीयता, बहुलवादी प्रयोग, बहुलार्थवाद, विसङ्घटन

Abstract

प्रस्तुत आलेख गोविन्दराज भट्टराईको सुकरातको डायरी उपन्यासमा अन्तनिर्हित अन्तर्पाठीयताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत अनुसन्धेय लेखमा यस उपन्यासलाई मुख्य विश्लेष्य सामग्रीका रूपमा चयन गरी यस कृतिमा अन्तर्पाठीयताको स्वरूप र पद्धति केकस्तो रहेको छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रहेर विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । अध्ययनको मुख्य स्रोतसामग्रीका रूपमा पुस्तकालयीय अध्ययनलाई आधार मानिएको छ र द्वितीय स्रोतसामग्रीका आधारमा अध्ययनलाई अगाडि बढाई विश्लेषणात्मक अध्ययनविधिको प्रयोग गरेर अध्ययन गरिएको छ । विश्लेष्य उपन्यास विनिर्माण, अधिआख्यान र अन्तर्पाठीयताका दृष्टिले सबल रहे पनि यस आलेखमा अन्तर्पाठीयताका कोणबाट मात्र विश्लेषण गरिएको छ । अन्तर्पाठीयताको सैद्धान्तिक पर्याधारका दृष्टिकोणबाट विश्लेष्य उपन्यासको अध्ययन–विश्लेषण गरी उपन्यासमा अन्तर्पाठीयताका मूलगत अन्तर्पाठीयता, रूपायनात्मक अन्त्र्पाठीयता र इन्टरनेटीय अन्तर्पाठीयताका दृष्टिले ‘सुकरातको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यसक्रममा अन्र्पाठीयताका आधारमा प्रस्तुत उपन्यास नवीन, प्रयोगशील, अधिआख्यानात्मक र विशिष्ट बनेको कुरा प्रस्तुत गरी अन्तर्पाठीयता नै यस उपन्यासको प्राप्ति हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF
16

Downloads

Published

2024-08-06

How to Cite

Ghaire , S. (2024). सुकरातका पाइला उपन्यासमा अन्तर्पाठीयता . Vangmaya वाङ्मय, 20(01), 95–103. https://doi.org/10.3126/vangmaya.v20i01.68176

Issue

Section

Articles