अष्टाध्यायी व्याकरणमा सूत्रशैली {The Formulation Style of the Sutra in Ashtadhyayi Grammar}
DOI:
https://doi.org/10.3126/vangmaya.v18i1.47063Keywords:
रूपसिद्धि, प्रत्याहार, अनुवृत्ति, अध्याहार, सूत्रशैली, style of sutras, adhyahar, anuvritti, roopSanjanaAbstract
प्रस्तुत लेख अष्टाध्यायी व्याकरणमा सूत्र शैलीको अध्ययनमा केन्द्रित छ । अष्टाध्यायी पाणिनि (इ. पू. ४५०—४००) द्वारा वैदिक र लौकिक संस्कृतमा भएका भाषिक व्यवस्थालाई नियमन गरिएको व्याकरण हो । करिब चार हजार सूत्रलाई पाणिनिले तिनको प्रकार्यका आधारमा प्रस्तुत गरेका छन् । यी सूत्रले व्याकरणमा विशेष शैलीगत स्वरूप प्राप्त गरेका छन् । यस व्याकरणको अन्य पक्षबाट अध्ययन भए पनि सूत्रको प्रकार तथा तिनका बिचको पारस्परिक अन्तरनिर्भरताका विषयमा अध्ययन भएको छैन । त्यही रिक्तताको परिपूर्तिका लागि अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य हो । त्यसका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यद्वारा गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषण वर्णनात्मक तथा व्याख्यात्मक विधि प्रयोग गरिएको छ । सूत्र, तिनका पदार्थगत अन्वय र सङ्क्षिप्त नियमनका स्वरूप दिएर शोध्य विषयलाई सामान्यीकरण गरिएकाले विश्लेषण निगमनात्मक पद्धतिमा आधारित छ । अष्टाध्यायीमा प्रस्तुत गरिएका संज्ञा, परिभाषा, विधि, नियम, अतिदेश, अधिकार गरी छ ओटा सूत्रका प्रकार एवं अध्याहार र अनुवृत्ति सूत्रकाबिचका प्रविधिगत अन्तर्सम्बद्धता हो भन्ने यस लेखको निष्कर्ष हो ।
{The present article focuses on the study of the formulation style of the sutra in Ashtadhyayi grammar. Ashtadhyayi is the grammar regulated on the linguistic system in Vedic and classical Sanskrit by Panini (450-400 BC). Panini has presented about four thousand sutrasbased on their functions. These sutras have acquired a special stylistic form in grammar. Although other aspects of this grammar have been studied, the type of sutra and the interdependence between them have not been studied. The main purpose of this article is to study to fill that critical gap. For that, data has been collected through library work. The descriptive and explanatory method of analysis of the collected data has been used. The analysis is based on the deductive method, as the subject matter is generalized by giving the form of the sutras, its semantic coherence, and brief regulation. This article concludes in Ashtadhyayi that there is a technical interrelationship between the types of six sutras, sanjna, paribhasha, vidhi, niyama, atidesha, adhikara and adhyahara and anuvritti.}