‘सडक र प्रतिभा’ कथासङ्ग्रहमा विसङ्गतिवादी चिन्तन

Authors

  • Gyanu Adhikari उपप्राध्यापक,त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/vaikharivani.v3i1.87433

Keywords:

निरर्थकता, निस्सारता, मानसिक द्वन्द्व, मृत्युचिन्तन, विसङ्गतिबोध

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पारिजातको ‘सडक र प्रतिभा’ कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त विसङ्गतिवादी सिद्धान्तका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको विसङ्गति चिन्तनगत वैचारिकताको निरूपण गरिएको छ ।  ‘सडक र प्रतिभा’ कृतिका केही कथामा बेरोजगारी, जँड्याहा, शोषित, कुण्ठित, वेश्या, लाचार र विवश पात्रहरूको प्रयोग र विसङ्गतिको चरम रूपको चित्रण गर्दै हत्या, आत्महत्या, लाचारी, गरिबी, मृत्यु, बलात्कार आदि विसङ्गत पक्षहरू प्रस्तुत गरिएकाले यसमा प्रयुक्त विसङ्गतिवादी चिन्तनको विश्लेषण गरी निष्कर्ष निकाल्नु यस लेखको उद्देश्य हो । यसका लागि पुस्तकालयबाट सामग्रीसङ्कलन गरिएको छ भने विसङ्गतिवादका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरेर कथामा सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति विसङ्गतिवादी सिद्धान्तका केन्द्रीयतामा रही कथामा प्रयुक्त मृत्युचिन्तन, जीवनको निरर्थकता र कुण्ठाका सन्दर्भलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी यो शोधकार्य सम्पन्न गरिएको छ । यस कथासङ्ग्रहका कथामा विसङ्गतिबोधी चिन्तन प्रस्तुत भएको सन्दर्भको खोजी गरी तिनको पहिचान तथा विश्लेषण गरिएकाले प्रस्तुत लेख गुणात्मक प्रकृतिको बन्न पुगेको छ ।  ‘सडक र प्रतिभा’  कथामा प्रयुक्त पात्रहरूको जीवनशैली तथा उनीहरूका अभिव्यक्ति र अवस्थाको सूक्ष्म अध्ययन गरी तिनमा सबैभन्दा बढी मृत्युचिन्तन, जीवनको निरर्थकता र कुण्ठाको अभिव्यक्ति पाइनेहुनाले विसङ्गतिवादका यिनै सूचकहरूलाई आधार मानेर यहाँ कथाको विश्लेषण गरिएको छ र जीवनमा नचाहेर पनि मृत्यु अनिवार्य छ भन्ने मूल निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-01-04

How to Cite

Adhikari, G. (2026). ‘सडक र प्रतिभा’ कथासङ्ग्रहमा विसङ्गतिवादी चिन्तन. Vaikharivani, 3(1), 73–82. https://doi.org/10.3126/vaikharivani.v3i1.87433

Issue

Section

Articles