‘अलिखित कथा’ कथाको विनिर्माणमा स्वैरकल्पना

Authors

  • Sita Adhikari Thapa उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

अप्राकृतिक, अलौकिकता, जादूमयी, मनोभाव, जीवनमूल्य

Abstract

प्रस्तुत लेख कथाकार राजुबाबु श्रेष्ठ सागरको ‘अलिखित कथा’ (२०८२) मा स्वैरकल्पनाले कथाको विनिर्माण अध्ययनमा केन्द्रित रहेको छ । स्वैरकल्पना कल्पनाको अतिरूप हो र यो मूलतः मनोविज्ञानसम्बद्ध विषय हो भने विनिर्माण उत्तरआधुनिकतासँग सम्बन्धित रहेको छ। उत्तरआधुनिक प्रवृत्तिका कथामा पनि स्वैरकल्पनाको प्रयोग गरिने भएकाले यस कथालाई विनिर्माणिक प्रवृत्तिको बनाउन कथामा प्रयुक्त स्वैरकल्पनालाई आधार मानेर अध्ययन गरिएको छ। मूलतः साहित्यका अन्तर्वस्तुका रूपमा अतिप्राकृतिक घटना र पात्रसँग सम्बन्धित कल्पना विषयका प्रविष्टिलाई स्वैरकल्पना भनिन्छ । स्वैरकल्पनाको मान्यताअनुसार कथानक, सारवस्तु वा परिवेशको मूल तत्त्व बनेर अलौकिकता, कल्पना, जादू आएका हुन्छन् । यस लेखमा कथाभित्र प्रस्तुत भएका स्वैरकाल्पनिक सन्दर्भहरूको खोजी गरी तिनको विश्लेषण गरिएको छ । यसमा स्वैरकाल्पनिक सन्दर्भको प्रयोग केकसरी गरिएको छ र त्यसले विनिर्माणमा खेलेको भूमिकाको मूल प्रश्नमा रही अध्ययनलाई अघि बढाइएको छ । कथामा प्रस्तुत स्वैरकाल्पनिकतालाई विनिर्माणका आधारमा विश्लेषण गर्नु अध्ययनको मुख्य उद्देश्य रहेको छ । त्यसैले कथामा स्वैरकल्पना प्रयोग खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस लेखमा पाठविश्लेषण विधिको प्रयोग गर्दै विभिन्न पुस्तक तथा अन्य स्रोतबाट सामग्री लिएर सैद्धान्तिक आधार निर्माण गरिएको छ । यस अध्ययनबाट कथामा प्रयुक्त विभिन्न स्वैरकल्पनाले संरचना र अर्थमा विनिर्माण गरिएको तथ्य प्राप्त भएको छ । अतः यस अध्ययनमा ‘अलिखित कथा’ कथामा स्वैरकल्पनाको प्रयोगबाट आख्यानको शिल्पसंरचनामा नवीन पुनःनिर्माण भएको छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
100
PDF
78

Downloads

Published

2026-01-04

How to Cite

Adhikari Thapa, S. (2026). ‘अलिखित कथा’ कथाको विनिर्माणमा स्वैरकल्पना. Vaikharivani, 3(1), 53-62. https://doi.org/10.3126/vaikharivani.v3i1.87431

Issue

Section

Articles

How to Cite

Adhikari Thapa, S. (2026). ‘अलिखित कथा’ कथाको विनिर्माणमा स्वैरकल्पना. Vaikharivani, 3(1), 53-62. https://doi.org/10.3126/vaikharivani.v3i1.87431