वानीरा गिरिका उपन्यासमा विषाक्त पुरुषत्व

Authors

  • Ishwori Pandey नेपाली विभाग, काव्य स्कूल वानेश्वर काठमाडौँ

DOI:

https://doi.org/10.3126/vaikharivani.v3i1.87429

Keywords:

विषाक्त, पितृसत्ता, वस्तुकरण, दमन, प्रतिस्पर्धी मनोभाव

Abstract

प्रस्तुत लेखमा वानीरा गिरिका कारागार र निर्बन्ध उपन्यासमा प्रयुक्त विषाक्त पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । प्रस्तुत उपन्यासलाई सोध्य विषयका रूपमा लिई त्यसमा प्रयुक्त विषाक्त पुरुषत्वका विभन्न आयमहरूको आधारमा विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । परम्परागत पितृसत्तात्मक समाजले निर्धारण गरेको लैङ्गिक भूमिकाले पुरुषलाई शक्तिशाली र महिलालाई शक्तिहीन बनाएको छ । पुरुषले आफ्नो शक्ति प्रदर्शनको थलो महिला केन्द्रित व्यवहार बनाएको छ । कारागार र निर्बन्ध उपन्यासमा प्रयुक्त पुरुष पात्रमा निहित विषाक्त विचार र व्यवहारको चित्रण गरी यिनै व्यवहारलाई कोनेल ( सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी उक्त उपन्यासको विश्लेषण गरिएको छ । विषाक्त पुरुषत्व अभिव्यक्त विचार र व्यवहारका तथ्यलाई  प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता र महिलाको वस्तुकरण गरी चार पक्षलाई विषाक्त पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यिनै मान्यताको आधारमा गिरिका कारागार, निर्बन्ध र शब्दातीत शान्तनु उपन्यास मध्ये कारागार र निर्बन्ध उपन्यासमा पुरुष पात्रले महिला पात्रप्रति गरेका शारीरक र  मानसिक हिंसा, अन्याय र अत्याचारलाई उजागर गरिएको छ । परम्परागत रुढी पितृसत्ताको उग्रतापूर्ण व्यवहारले महिलाहरूको इच्छा आकांशलाई कसरी दमन पारेको छ भन्ने निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-01-04

How to Cite

Pandey, I. (2026). वानीरा गिरिका उपन्यासमा विषाक्त पुरुषत्व. Vaikharivani, 3(1), 17–32. https://doi.org/10.3126/vaikharivani.v3i1.87429

Issue

Section

Articles