उहापोह कथासङ्ग्रहका कथामा विधामिश्रण

Authors

  • Anil Adhikari उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर https://orcid.org/0009-0001-4095-8833

DOI:

https://doi.org/10.3126/vaikharivani.v3i1.87428

Keywords:

विनिर्माण, विधाविभग्नता, विधाभञ्जन, नाटकीकरण

Abstract

प्रस्तुत लेख लक्ष्मणप्रसाद गौतमद्वारा लिखित उहापोह कथासङ्ग्रहका कथामा विधामिश्रणको विश्लेषणमा केन्द्रित छ । पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने पाठविश्लेषणमा आधारित यस अनुसन्धानमा पाठको विषयवस्तु र शिल्पको विश्लेषण गरिएको छ । यसमा सैद्धान्तिक अवधारणाका रूपमा विधामिश्रणको सिद्धान्तलाई उपयोग गरिएको छ । विधामिश्रण साहित्यिक संरचनामा एउटा विधा भनिएका कृतिमा अन्य विधाका अभिलक्षण भएका घटकको प्रस्तुति आंशिक रूपमा प्रस्तुत भई सार्विक विशेषताको भञ्जन हुने सैद्धान्तिक अवधारणा हो । प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत कथाको अन्तर्वस्तु उत्तरआधुनिकता अनुप्राणित र वैज्ञानिक स्वैरकल्पना, सूचना प्रविधि, भूमण्डलीकरण र कथाको सार्विक स्वरूपलाई विनिर्माण गरी संरचित छन् । यस सङ्ग्रहमा सङ्गृहीत पर्फ्युम यात्रा, उत्तरआधुनिक प्रेम, संवेदनाको सफ्टकपी र म दर्शक वेभक्याम कथामा नाटकको विधामिश्रण गरिएको छ । यी कथामा नाटकीयता सिर्जना गर्ने दृश्याविधान, संवादयोजना र अभिनेयात्मकताको सघन उपस्थिति रहेको छ । कथामा नाटकको विधामिश्रण गरी संरचित यी कथामा नाटकोचित दृश्यविधान, पात्रका बीचमा वार्तालापीय संवाद तथा नाटककारद्वारा अभिनयका लागि निर्देशित गरिएको मञ्चनीयतालाई कृतिको अन्तर्वस्तु, संरचना र शिल्प सिर्जना गर्नका लागि उपयोग गरिएको छ । यस सङ्ग्रहमा सङ्गृहीत उपर्युक्त चार कथामा प्रयोग गरिएको नाटकीयतालाई मूर्तता प्रदान गर्नका लागि दृश्यविधान, संवादयोजना र अभिनेयात्मकता कथाका निश्चित खण्ड र सन्दर्भमा प्रयोग भई विधामिश्रण भएको विषय विमर्शमा यो लेख केन्द्रित छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-01-04

How to Cite

Adhikari, A. (2026). उहापोह कथासङ्ग्रहका कथामा विधामिश्रण. Vaikharivani, 3(1), 1–16. https://doi.org/10.3126/vaikharivani.v3i1.87428

Issue

Section

Articles