अष्टाध्यायी व्याकरणमा तथ्याधारित नियमन
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i2.79533Keywords:
अध्याहार, अनुवृत्ति, प्रत्याहार, सम्बद्धक, सम्बन्धनAbstract
प्रस्तुत लेखमा पाणिनि कृत् अष्टाध्यायी व्याकरणमा प्रयोग गरिएको तथ्यको संश्लेषणात्मक प्रविधि अध्ययन गरिएको छ । आष्टाध्यायी व्याकरण वैदिक संस्कृत र लौकिक संस्कृतका तथ्यमा आधारित नियमन हो । भाषाका तथ्यमा भाषिक ध्वनि, वर्ण, रुप, रुप सिद्ध, पद विभाग, वाक्य आदि पर्छन् । यस्ता तथ्यहरूलाई भाषाबाट सङ्कलन गरी तिनका बिचमा रहेका साझापन र तिनका आधारमा हुने नियम नै तथ्याधारित नियमन हो । प्रस्तुत लेख पुस्तकालय कार्यबाट प्राप्त सामग्रीका आधारमा तयार गरिएको हो । पाणिनिको अष्टाध्यायी व्याकरण यस लेखमा प्राथमिक सामग्री हो भने अष्टाध्यायीका टीका, वार्तिक, भाष्य आदि द्वितीय सामग्री हुन् । विश्लेषणबाट अष्टाध्यायी व्याकरण तथ्याधारित नियमनमा आधारित व्याकरण भएको निष्कर्ष प्राप्त भएको छ । पाणिनिले जेजति नियम विधान गरेका छन् तिनका पछाडि भाषिक तथ्य तथा ती तथ्यका अभिलक्षणगत विशिष्टता नै मुख्य आधार रहेको छ । त्यसैले तथ्याधारित पद्धतिको केन्द्रीयतामा नै अष्टाध्यायी व्यारकण तयार गरिएको निष्कर्ष प्राप्त भएको छ । विश्लेषणका निम्ति अष्टाध्यायी व्याकरणका सूत्र, ती सूत्रको टीका तथा व्याख्या र तिनलाई रुप सिद्धिका क्रममा पूर्व अध्येताले गरेको प्रयोगको सिलसिला मिलाएर सत्यापनको तहमा पुगिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.