‘साङ्कोटे बज्यै’ कथामा अभिघात
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i2.79243Keywords:
उग्रचण्डी, निरीहावस्था, पोइ टोकुवा, श्रमसाध्य, कटुपूर्णAbstract
प्रस्तुत लेखमा उषा हमालद्वारा लेखिएको ‘साङ्कोटे बज्यै’ कथालाई प्रस्तुत भएको अभिधातीय दृष्टिबाट अध्ययन गरिएको छ । यस कथामा अभिघातको प्रयोगावस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याअनुरूप सो कथामा व्यक्त भएको अभिघातको प्रयोगावस्था पत्ता लगाउनु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक ढाँचामा आधारित यस लेखमा पुस्तकालयबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । विश्लेषणात्मक विधिबाट प्रस्तुत गरिएको यस लेखमा ‘साङ्कोटे बज्यै’ पात्रले भोग्नुपरेका मानसिक सङ्घात र शारीरिक यातनालाई मनोवैज्ञानिक अभिघात र शारीरिक अभिघात दुई उपशीर्षकमा चर्चा गरिएको छ । लेखका अन्तमा साङ्कोटे बज्यैका माध्यमबाट नेपाली बालविधवा नारीहरूका मनोवैज्ञानिक र शारीरिक दुवै किसिमको अभिघातीय जीवनको वणर्न यस कथामा अभिव्यक्त भएको विषयमा विमर्श गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.