शाह कालीन नेपाली मुद्राका विशेषताहरू
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i1.73143Keywords:
राजा,, अर्थव्यवस्था,, राजनीतिक इतिहास,, मूल्य अङ्कित मुद्राAbstract
प्रस्तुत लेख शाह कालीन नेपाली मुद्राका विशेषताहरूको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि तथा सङ्कलित सामग्रीमा उपलब्ध विषयवस्तुको विश्लेषणमा आधारित रहेकाले यो विषयवस्तु विश्लेषणकेन्द्री अध्ययन हो । यस लेखका सामग्रीको सङ्कलन पुस्तकालयबाट भएको छ । पुस्तकालयबाट सङ्कलित द्वितीयक स्रोतमा अधारित यस लेखमा आधुनिक नेपाली राजनीतिक इतिहासमा नेपाली मुद्राका विशेषताका विषयमा विमर्श भएको छ । नेपाली मुद्राको इतिहास दोलखाली राजा इन्द्रसिंहदेवको पालामा आरम्भ भई मल्लकालीन समयमा यसको राष्६रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित भएको हो । नेपाली मौद्रिक प्रणालीसँग सम्बन्धित ऐतिहिसक दस्तावेजका आधारमा हेर्दा तत्कालीन शासकको सर्वोच्च तहमा रहने राजा, राजपरिवारका अन्य विशिष्ट सदस्य तथा महासामन्तका नाममा टकमरी गर्ने प्रचलनको स्थापना र गतिशीलता पाइन्छ भने शाहकालीन मुद्रा राजाका नामबाट टकमरी भई प्रचलनमा आएका छन् । शाहकालीन नेपाली मुद्रा पूर्ववर्ती शासककै निरन्तरताका रूपमा धातुका मुद्राका साथै कागजी संरचनामा मुद्रित छन् । शाहकालीन नेपाली मुद्रा गोलाकार, राजाको नामाङ्कन,मुद्रा प्रकाशन भएको मिति, देवनागरी लिपिको प्रयोग, धार्मिक तथा इष्ट देवताको नामाङ्कन, राजा, नायबी, युवराज र राजमाता आदिको नाममा मुद्रा निष्कासन, प्रत्येक मुद्राको मूल्य अङ्कन, मुद्रा निष्कासनका लागि यन्त्रको उपयोग, आलङ्कारिक र कलाकारितापूर्ण मुद्रा ढाँचाको उपयोग, नेपाली भाषा विकासको ऐतिहासिक प्रभावजस्ता विशेषताका आधारमा पहिचान र अस्तित्वका साथ प्रचलनमा आएका छन् । यस लेखमा शाहकालीन नेपाली मुद्राका उपर्युक्त विशेषताका सम्बन्धमा विश्लेषण र संश्लेषण भएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.