‘स्त्रीको खेल’ लोककथामा वस्तुविधान
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i1.73140Keywords:
पूर्वजन्म,, तिलस्मी,, कौतूहल,, वस्तुविधान,, स्वैरकल्पनाAbstract
प्रस्तुत ‘स्त्रीको खेल’ लोककथा दिक्तेल–रूपाकोट–मझुवागढी क्षेत्रमा प्रचलित मझौला आयामको लोककथा हो । प्रस्तुत कथामा स्त्रीले आफ्नो श्रीमान्लाई मार्न दुःख दिएको कुरा देखाइएको छ । राक्षससँग मिलेर राजकुमारकी श्रीमतीले राजकुमारलाई धेरै दुख दिने गरेको र अन्त्यमा खाल्टो खनेर पासो थापी राजकुमारलाई मारेको घटनापछि कथा समापन तिर लाग्छ । लोककथाले समाजको सामाजिक आवरणलाई चित्रण गरेको हुन्छ । यस अध्ययनमा लोकसाहित्यभित्र पर्ने लोककथाको कथानक वा वस्तुविधानलाई चिनाइएको छ । अध्ययनका लागि छनोट गरिएको ‘स्त्रीको खेल’ कथालाई कथानक, पात्र, परिवेश, उद्देश्य र भाषाशैलीमध्ये कथानक वा वस्तुविधानको आधारमा सैद्धान्तिक र कथागत सामग्रीमा प्रयुक्त उद्धरणलाई लिएर विश्लेषण गरिएको छ । यस अध्ययनमा लोकसाहित्यका सिद्धान्त र लोककथाको विधातत्त्वभित्रको कथावस्तुपक्षलाई ध्यानमा राखेर त्यसमा व्यक्त भएको सन्दर्भलाई प्रस्तुत गरिएको छ । काल्पनिकतामा आधारित र मनोरञ्जनप्रधान विषयवस्तुलाई बोकेको यस कथाले समयअनुसार काम गर्न जान्नु पर्ने दर्शनलाई बोध गराएको छ । सत्यको विजय हुने भावलाई दर्शाउन सुखान्तक र दुःखान्तक दुवै कथावस्तुका आधारमा यो कथा पूर्वीय दर्शनको पूर्वजन्मको मान्यतामा आधारित छ । पुस्तकालयीय सामग्रीलाई आधार मानेर सम्पन्न गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । वस्तुविधानको मुख्य पक्ष कथानकको स्रोत, कथानकको गठन, कथानकको विकासक्रम, कौतूहल र कथानकको ढाँचाको आधारमा कथाको विश्लेषण गरी यस अध्ययनको निष्कर्षलाई प्रस्तुत गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.