प्रजातान्त्रिक नेपालको पहिलो संसद, सल्लाहकार सभा र मिडिया कभरेज
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i1.70312Keywords:
पत्रपत्रिका, प्रजातन्त्र, संसद, राणातन्त्रAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख प्रारम्भिक दिनमा नेपालमा संसदीय प्रजातन्त्रको अभ्यास कसरी गरिएको थियो भन्ने विषयमा केन्द्रित छ । २००७ सालको क्रान्तिबाट १०४ वर्षसम्म चलेको राणा शाहीको अन्त्य भएपछि फागुन ७ गते राजा त्रिभुवनले शाही घोषणा गर्दै संविधानसभा निर्वाचन गरी जनप्रतिनिधिहरूले बनाएको संविधानमार्फत् मुलुकको शासन अघि बढाउने प्रतिबद्धता जनाएका थिए । दुई वर्षभित्र संविधानसभाको निर्वाचन गरी सक्ने सहमति त्यो बेला भएको थियो । देशमा संविधानसभा चुनाव नहुदासम्मका लागि सरकारलाई सल्लाह सुझाव दिन संसदका रूपमा सल्लाहकार सभा गठन भयो । राणा शासनको आखिरी दिनमा जनताको आँखामा छारो हाल्न अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाले ग्यालरी बैठकमा भारदारी र राष्ट्रियसभा नामक दुई सदनात्मक संसदको उद्घाटन गरे पनि त्यो फगत नाटक मात्र थियो । त्यसैले नेपालमा संसदीय प्रजातान्त्रिक अभ्यसाको आरम्भ सल्लाहकार सभामार्फत् भएको हो । राजा त्रिभुवनले २००८ साल असोज १६ गते शाही घोषणामार्फत् बनाएको पहिलो सल्लाहकार सभा धेरै लामो समय नचले पनि नेपालमा संसदीय व्यवस्थाको जग बसाउन यसको महत्त्वपूर्ण योगदान छ । संविधानसभा निर्वाचन अघि सरकारलाई सहयोग गर्न बनाइएको त्यो संसदका काम कारवाही बारे खोजी गर्नु र पत्रपत्रिकामा प्रकाशित समाग्रीहरूको अध्ययन गर्नु यो आलेखको मुख्य उद्देश्य रहेको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.