उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप

Authors

  • दुर्गाबहादुर Durga Bahadur घर्ती Gharti सहप्राध्यापक, नेपाली केन्द्रीय विभाग

DOI:

https://doi.org/10.3126/vaikharivani.v2i1.70002

Abstract

प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणको आरम्भ भएको मानिन्छ । प्रयोगवादी उपन्यासले परम्परागत लेखनबाट परिवर्तनको सङ्केत मिले पनि अर्थको केन्द्रीयता तिनले पनि त्याग्न सकेनन् । नेपाली उपन्यासमा वि.सं. २०३६ देखि बहुलवाद, अर्थको अनिर्धायता, केन्द्रभञ्जन, विधामिश्रण, विडम्बना, सापेक्षतावाद, विनिर्माण, आत्मसन्दर्भात्मकताजस्ता प्रवृत्ति देखापर्न थाल्दछन् । त्यो उत्तरार्ध चरणको आरम्भ हो । उत्तरवर्ती नेपाली उपन्यासमा मनोविश्लेषणको प्रयोग निकै फस्टाएको देखिन्छ । सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर र कार्ल गुस्ताभ युङ्गले मनोविश्लेषणात्मक सिद्धान्तको स्थापनामा महत्त्वपूर्ण योगदान रहेको छ । कार्ल गुस्ताभ युङ्गले विभिन्न पुराण, धर्मशास्त्र, संस्कृति आदिको अध्ययनबाट आद्यस्वरूप सिद्धान्तको प्रतिपादन गरेका छन् । त्यो उनको मौलिक योगदान हो । आद्यस्वरूपको अर्थ मूल ढाँचा वा मूल आकार भन्ने हुन्छ । साहित्यमा यसको प्रयोग आदिम बिम्ब, चरित्र वा परिस्थितिहरूको ढाँचा भन्ने अर्थमा गरिन्छ । युङ्गले आदिम अवशेषलाई आद्यस्वरूप वा आद्यबिम्ब भनेका छन् । आद्यस्वरूप मिथकीय बिम्ब वा अभिप्रायसँग सम्बन्धित हुन्छ । आद्यस्वरूप सामूहिक अचेतनसँग सम्बन्धित हुन्छ । युङ्गले 'एनिमा' (नारीपन), 'एनिमस' (पुरुषपन), 'स्याडो' (छाया), 'पर्सोना' (नकाब) र 'सेल्फ' (स्व)  लगायत विभिन्न प्रकारका आद्यस्वरूपको उल्लेख गरेका छन् । उत्तरवर्ती नेपाली उपन्यासमा मिथकीय विषयवस्तु, सपना, पुरुषत्व र नारीत्व, नायकत्वको खोजी, मातृभूमिको आमा बिम्ब, जलवायु परिवर्तनको दुष्प्रभावलाई मानवजातिको मृत्युको  छायाका रूपमा प्रस्तुत गरिएको पाइन्छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । विश्लेष्य उपन्यास प्राथमिक सामग्री हुन् भने आद्यस्वरूपको सिद्धान्त र पूर्वकार्यसँग सम्बन्धित सामग्री द्वितीयक सामग्री हुन् । सङ्कलित सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा रहेर पाठात्मक विधिमा गरिएको छ । विविध आद्यस्वरूपको प्रयोग उत्तरवर्ती उपन्यासको विशेषता हो र त्यो उत्तरवर्ती नेपाली उपन्यासको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
139
PDF
0

Downloads

Published

2025-01-06

How to Cite

घर्ती Gharti द. . D. B. (2025). उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप. Vaikharivani, 2(1), 25–46. https://doi.org/10.3126/vaikharivani.v2i1.70002

Issue

Section

Articles