नेपालमा राजनीतिक व्यवस्था परिवर्तन र मिडिया

Authors

  • जगत Jagat नेपाल Nepal सह–प्राध्यापक, केन्द्रीय इतिहास विभाग, त्रिवि
  • डोलराज Dolaraj काफ्ले Kafle सह–प्राध्यापक, केन्द्रीय इतिहास विभाग, त्रिवि
  • माहाप्रसाद Maha Prasad खतिवडा Khatiwada उप–प्राध्यापक, जनता आदर्श बहुमुखी क्याम्पस, विराटनगर (पूवि)

DOI:

https://doi.org/10.3126/vaikharivani.v1i2.69855

Keywords:

संविधानसभा, गणतन्त्र, जनआन्दोलन, प्रतिनिधिसभा, मिडिया

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख राणा शासनको अन्त्य हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र (२००७–२०६५) सम्म आइपुग्दा भएका प्रमुख राजनीतिक परिवर्तित घटनामा मिडियाको योगदानका बिषयमा केन्द्रीत छ । नेपालको इतिहासमा २००७ सालको क्रान्तिले निरंकुश राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्‍यो । जनताको ठूलो वलिदानीबाट प्राप्त प्रजातन्त्रलाई सैन्य बलमा राजा महेन्द्रले अपदस्त गरी ३० वर्षसम्म निर्दलीय पञ्चायती व्यवस्था चलाए । वि.सं.२०४६ सालको जनआन्दोलन मार्फत जनताले प्रजातन्त्र पुनःस्थापना गर्न राजालाई वाध्य बनाए । फेरी २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको कार्यकारी अधिकार आफ्नो हातमा लिएर निरंकुश शासन शुरू गरे । २०६२–०६३ को जनआन्दोलनले राजालाई प्रतिनिधिसभा पुनस्र्थापना गर्न वाध्य बनायो । त्यसपछिका दिनमा राजनीतिक दलहरूले क्रमशः राजाका अधिकार कटौती गर्दै मुलुकमा गणतन्त्र स्थापनाको आधार बनाए । २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले ‘राजतन्त्र’ अन्त्य गरी नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ घोषणा गर्‍यो । करिव छ दशकको अवधिमा राणा शासन, संसदीय प्रजातन्त्र, निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, राजाको निरंकुश शासन हुँदै मुलुकमा गणतन्त्र स्थापनाका लागि आन्दोलन भए । यस्ता राजनीतिक परिवर्तनहरूमा मिडियाको के कस्तो भूमिका रहेको थियो भन्ने यस अुनसन्धानको प्रश्न, ती परिवर्तनहरूमा मिडयाले खेलेको भूमिका बारे जानकारी गराउनु यसको उद्देश्य र गुणात्मक विधिका आधारमा सङ्कलित तथ्याङ्कलाई बर्णनात्मक र विश्लेषणात्मक विधिमा लेखन कार्य गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
28
PDF
19

Downloads

Published

2024-09-18

How to Cite

नेपाल Nepal ज. J., काफ्ले Kafle ड. D., & खतिवडा Khatiwada म. M. P. (2024). नेपालमा राजनीतिक व्यवस्था परिवर्तन र मिडिया. Vaikharivani, 1(2), 61–70. https://doi.org/10.3126/vaikharivani.v1i2.69855

Issue

Section

Articles