विवस्त्र रामायण कथामा मिथकीय पुनर्लेखन

Authors

  • सीता Sita अधिकारी थापा Adhikari Thapa उप–प्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/vaikharivani.v1i2.69853

Keywords:

आद्यरूपीय, उत्तरआधुनिक, पुराकथा, मिथकीय विनिर्माण, पुनसिर्जन

Abstract

प्रस्तुत अध्ययन ‘विवस्त्र रामायण’ कथामा मिथकीय पुनर्व्याख्यामा आधारित रहेको छ । यस कथामा प्रसिद्ध मिथकीय ग्रन्थ रामायणका सन्दर्भलाई आधार बनाएर पुनर्सिर्जनद्वारा समकालीन समाजको यथार्थलाई प्रस्तुत गरिएकाले यसलाई मिथकीय सिद्धान्तका आधारबाट अध्ययन गर्नु सान्दर्भिक देखिएको छ । मिथकीय सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा मूलतः उत्तरआधुनिक मान्यताका रूपमा विकास भएको हो । मनोविज्ञानसँग पनि सम्बन्धित मिथकीय पुनर्लेखनले युङ्गको सामूहिक अचेतनका पृष्ठभूमिबाट अतीतका विषय र घटनाहरूको खोजी गरी आद्यरूपीय विश्लेषण गर्ने काम गर्दछ । ‘विवस्त्र रामायण’ कथामा प्रयुक्त मिथकीय पुनर्व्याख्याका सन्दर्भहरूलाई पहिचान र विश्लेषण गर्नु यस लेखको प्रमुख समस्या हो । मिथकीय अवधारणामा केन्द्रित रहेर प्रस्तुत कथाको विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस लेखको उद्देश्य हो । प्रस्तुत लेखमा प्राथमिक सामग्रीका रूपमा रहेको ‘विवस्त्र रामायण’ कथाका मिथकीय घटना र पात्रका पुनर्व्याख्यामा मिथकीय पुनर्लेखनको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । ‘विवस्त्र रामायण’ कथामा पौराणिक कथाकै पृष्ठभूमिका घटना र सन्दर्भलाई समकालीन चेतनाका आधारमा प्रस्तुत गरी घटना, पात्र र तिनका प्रवृत्तिलाई पुनर्लेखन गरिएकाले कथामा मिथकीय चेतना अनुकूल बनेर आएको देखिन्छ । प्रस्तुत लेखमा मिथकीय पुनर्लेखनका माध्यमबाट परम्पराको भञ्जन, लैङ्गिक विभेदको विरोध, वर्तमान नेपालको राजनीतिक, सामाजिक अवस्थासँग सम्बद्ध तुल्याई पुनर्व्याख्या गरिएकाले कथामा मिथकीय पुनर्लेखनको प्रभावकारी प्रयोग भएको निचोड रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
6

Downloads

Published

2024-09-18

How to Cite

अधिकारी थापा Adhikari Thapa स. S. (2024). विवस्त्र रामायण कथामा मिथकीय पुनर्लेखन. Vaikharivani, 1(2), 47–60. https://doi.org/10.3126/vaikharivani.v1i2.69853

Issue

Section

Articles