अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा

Authors

  • प्रेमप्रसाद Prem Prasad चौलागाईं Chaulagai त्रिचन्द्र बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/vaikharivani.v1i2.69852

Keywords:

प्रत्यक्ष, अनुमान, पारमार्थिक सत्ता, व्यावहारिक सत्ता, प्रातिभासिक सत्ता

Abstract

प्रस्तुत लेख पूर्वीय दर्शनका मान्यतामा आधारित भएर अनुसन्धान र यसका अङ्गहरू प्रमाता, प्रमेय, प्रमाण र प्रमेयको भूमिका र तिनका बिचको सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा वर्णनात्मक, व्याख्यात्मक र आवश्यक स्थलमा तुलनात्मक विधिको उपयोग गरी अनुसन्धानको स्वरूप र प्रक्रियाको व्याख्या गर्नुका साथै यसका अङ्गका रूपमा रहेका प्रमाता, प्रेमय, प्रमाण र प्रमाको वैशिष्ट्यको निरूपण गरिएको छ । पूर्वीय दर्शनले अनुसन्धानप्रक्रियाको समग्र रूपरेखालाई प्रमाता, प्रमेय, प्रमाण र प्रमा गरी चारओटा अङ्गका माध्यमबाट प्रस्तुत गरेको छ । यी चार अङ्गमध्ये प्रमाताले शोधार्थी, प्रमेयले शोध्य विषय, प्रमाणले शोधविधि र प्रमाले शोधनिष्कर्षलाई बुझाएका छन् । यी चार अङ्गहरू अनुसन्धानका चार पाउ हुन् । एउटा पाउ नहुँदा वा कमजोर हुँदा अनुसन्धान अपाङ्ग वा अविश्वसनीय हुने भएकाले अनुसन्धानको पूर्णता र विश्वसनीयताका लागि यी चारै अङ्गको समान भूमिका छ । पूर्वीय दर्शनमा यी चारै अङ्गको भूमिका समान भए पनि प्रमेय, प्रमाण र प्रमाको चिन्तन चाहिँ विशिष्ट प्रकृतिको छ । प्रमेय भनेको पदार्थ हो । पूर्वीय दर्शनले पदार्थअन्तर्गत चेतन र जड गरी दुई किसिमका तत्त्वलाई लिएको छ । पूर्वीय दर्शनले यी दुवै तत्त्वलाई सत्य मानेर एउटै सत्य पनि अवस्थाविशेषका आधारमा फरक फरक रूपमा प्रकट हुने तथ्य प्रस्तुत गरेको छ । यसैले अवस्थाविशेषका आधारमा सत्य पारमार्थिक, व्यावहारिक र प्रातिभासिक गरी तीन किसिमका छन् । प्रमाण भनेको साधन ज्ञान हो भने प्रमा भनेको साध्य ज्ञान हो । यसअर्थमा पूर्वीय दर्शनका अनुसार साध्य ज्ञान र साधन ज्ञान गरी ज्ञान दुई किसिमका छन् । साध्य ज्ञान भनेको अनुसन्धानको निष्कर्ष हो भने साधन ज्ञान भनेको प्रमाण अर्थात् सैद्धान्तिक आधार हो । प्रमाताले साधन ज्ञानको प्रयोग गरी तत्त्वगत सत्य वा वैचारिक सत्यको ज्ञान गर्दछ । यसरी प्रमाता, प्रमेय, प्रमाण र प्रमा चार अङ्गका माध्यमबाट अनुसन्धानको समग्र प्रक्रिया व्यवस्थित हुने भएकाले पूर्वीय दर्शनअनुसार अनुसन्धानमा यी चारै अङ्गको समान भूमिका छ भन्ने निचोड प्रस्तुत लेखबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
10

Downloads

Published

2024-09-18

How to Cite

चौलागाईं Chaulagai प. P. P. (2024). अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा. Vaikharivani, 1(2), 35–46. https://doi.org/10.3126/vaikharivani.v1i2.69852

Issue

Section

Articles