शब्दशिविर निबन्ध सङ्ग्रहको संयुक्तिगत अर्थ विश्लेषण

Authors

  • दीपकप्रसाद Dipak Prasad ढकाल Dhakal उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/vaikharivani.v1i2.69851

Keywords:

अर्थतात्त्विक सघनता, माध्यम विधा, सङ्केतात्मक सघनता, सहभागी

Abstract

प्रस्तुत लेख शब्दशिविर निबन्ध सङ्ग्रहको संयुक्तिगत अर्थ विश्लेषणमा आधारित छ । शब्दशिविर  निबन्धकार मुकुन्दराज शर्माको सद्य प्रकाशित कृति हो । संयुक्तिगत अर्थ भनेको कुनै पाठले अमूर्त तहमा ग्रहण गरेको आर्थी धारणा तथा त्यसको औचित्यगत तार्किकता हो । कुनै पाठ (प्रकाशित भाषिक सङ्केत व्यवस्थाको संरचनात्मक स्वरूप) अमूर्त तहमा रहेका आर्थी अवधारणाको अन्वयात्मक पास्परिकता हो । यस निबन्ध सङ्ग्रहमा त्यस्तो पारस्परिकता कस्तो छ भन्ने समस्या नै प्रस्तुत लेखको अनुसन्धानात्मक पक्ष हो । प्रस्तुत लेख गुणात्मक पद्धतिमा तयार गरिएको छ । निबन्धका अंशलाई सोद्देश्य रूपले चयन गरी तिनको विश्लेषण आर्थी अनुभूति वा संज्ञानमा आधारित भएर गरिएको छ । प्रारम्भमा संयुक्ति व्यवस्थाका सूचकको सैद्धान्तिक अवधारणा प्रस्तुत गरी पाठका सन्दर्भलाई साक्ष्य मानी विश्लेषण गरिएकाले निगमनात्मकबाट आगमनात्मक विश्लेषण विधि प्रयोग भएको छ । पुस्तकालयबाट प्राप्त सामग्रीको प्रयोग गरी प्रस्तुत लेख तयार गरिएकाले प्राथमिक तथा द्वितीयक दुवै सामग्री पुस्तकालयमा आधारित छन् । विश्लेणबाट शब्दशिविर निबन्ध सङ्ग्रहका पाठ संयुक्ति व्यवस्थाका दृष्टिले सघन छन्, स्थितिगत मान र त्यस्ता स्थितिगत मानको सघनतासमेत व्यवस्था गरेर निबन्ध विधाका पाठ संरचित भएका छन् भन्ने निष्कर्ष प्राप्त भएको छ । 

Downloads

Download data is not yet available.
Abstract
16
PDF
32

Downloads

Published

2024-09-18

How to Cite

ढकाल Dhakal द. D. P. (2024). शब्दशिविर निबन्ध सङ्ग्रहको संयुक्तिगत अर्थ विश्लेषण. Vaikharivani, 1(2), 23–34. https://doi.org/10.3126/vaikharivani.v1i2.69851

Issue

Section

Articles