रानीवन उपन्यासमा सङ्कथन

Authors

  • अनुपमा Anupama रेग्मी Regmi उपप्राध्यापक, नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार

DOI:

https://doi.org/10.3126/vaikharivani.v1i2.69849

Keywords:

उत्तरसंरचनावाद, उदार नारीवाद, द्विचर विरोध, नारीवाद, शक्ति र ज्ञान

Abstract

प्रस्तुत लेखमा कृष्ण गौतमद्वारा लिखित रानीवन उपन्यासमा प्रस्तुत फुकोको शक्ति र सत्यबारेको सङ्कथन र नारीवादी सङ्कथनको खोजी एवम् विश्लेषण गरी त्यसको कृतिगत सान्दर्भिकता र औचित्य पुष्टि गरिएको छ । पूर्वस्थापित सैद्धान्तिक आधारमा साहित्यिक कृतिको अध्ययन गरिएको यो अध्ययन गुणात्मक प्रकृतिको छ । लेखमा आवश्यक सम्पूर्ण सामग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ । यस लेखमा विश्लेषण विधिको प्रयोग गरी पाठको अध्ययन गरिएको छ । विवेचित उपन्यासमा नारीवाद एवम् शक्ति र सत्यबारे प्रयुक्त निर्धारित सन्दर्भको व्याख्या विश्लेषण गरी शक्ति र सत्यबारे फुकोले प्रस्तुत गरेका र नारीवादका मान्यतालाई आख्यानीकरण गरिएको निष्कर्ष निकालिएको छ । यी सङ्कथनका माध्यमबाट नारीवादका विभिन्न धारहरूबारे सहभागीका धारणा प्रस्तुत गरी उदार नारीवादी सङ्कथन नै प्रकृतिसम्मत र समाजसम्मत भएको दाबी गरिएको छ । उपन्यासमा दैनन्दिन जीवन र परिवेशमा पनि शक्ति र सत्यको सङ्कथन प्रयोग भइरहेको एवम् नर-नारीको द्विचर भञ्जन हुँदै नारीवाद स्थापित भएको कुरा प्रस्तुत गरिएको छ । शक्ति र नारीवादसम्बन्धी बहसले यस उपन्यासलाई बौद्धिक, जटिल, अपरम्परित र सूचनामूलक बनाएको छ भन्ने निष्कर्ष फेला परेको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
11

Downloads

Published

2024-09-18

How to Cite

रेग्मी Regmi अ. A. (2024). रानीवन उपन्यासमा सङ्कथन. Vaikharivani, 1(2), 1–10. https://doi.org/10.3126/vaikharivani.v1i2.69849

Issue

Section

Articles