माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा विश्लेषण
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74324Keywords:
शैक्षिक गुणस्तर, लेटर ग्रेडीङ, परीक्षा, सिकाई उपलब्धिAbstract
प्रस्तुत अध्ययन रामप्रसाद राई गाउँपालिका, भोजपुरको माध्यमिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा प्राथमिक सामग्रीका रूपमा रामप्रसाद राई गाउँपालिकामा २०७७–२०७९ तीन बर्षको SEE नतिजासम्बन्धी विवरण क्षेत्रकार्यबाट सङ्कलन गरिएको छ । यस लेखमा सामग्रीको विश्लेषणका लागि सैद्धान्तिक र अवधारणात्मक पर्याधार निर्माणका साथै शोधरिक्तता स्थापित गर्ने प्रयोजनसँग सम्बन्धित द्वितीयक स्रोतका सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । यी दुबै स्रोतअन्तर्गत परिमाणात्मक तथ्याङ्कबाट प्राप्त सामग्रीलाई गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रही समस्यासम्बन्धी विषयको विश्लेषण र संश्लेषण गरिएको यस लेखमा SEE नतिजाको विश्लेषणबाट विद्यार्थीहरूको सिकाई उपलब्धिको पहिचान गर्ने मुख्य उद्देश्य राखिएको छ । नेपालमा वर्तमान शिक्षा ऐन र नियमावलीले कानुनतः माध्यमिक शिक्षा परीक्षा भनेर SEE लाई स्वीकार गरेको छ । विगतको पुरानो संरचनामा परिर्वतन गर्दै नयाँ मूल्याङ्कन पद्धति लेटर ग्रेडीङ पद्धतिलाई अनुसरण गरी माध्यमिक शिक्षा SEE को परीक्षाफल प्रकाशित गर्ने गरेको पाइन्छ । यो अनुसन्धानमा खास गरी विद्यार्थीहरूको हरेक विषयमा सिकाई उपलब्धिस्तरसँग सम्बन्धित भन्ने मुख्य समस्याको विश्लेषणका क्रममा रामप्रसादराई गाउँपालिका वडा नं. ५ मा रहेको माध्यमिक विद्यालयको विद्यार्थीहरूको उपलब्धिस्तरलाई हेर्दा धेरैजसो विद्यार्थीहरूले २०७७ मा २.४०–३.९९ जिपिए प्राप्त गरी राम्रो नतिजा ल्याएको देखिन्छ भने २०७८ र २०७९ मा धेरैजसो विद्यार्थीहरूले ०.०–२.३९ जिपिए प्राप्त गरी कमजोर नतिजा ल्याएको पाइन्छ । यस माध्यमिक विद्यालयका विद्यार्थीहरूले विगत तीन बर्षमा ४:०० जिपिए नतिजा भने ल्याएको देखिदैन । यस अध्ययनमा अन्य विषयभन्दा गणित विषयको नतिजा कमजोर देखाएको छ भने ऐच्छिक अर्थशास्त्र विषयको नतिजासमेत कमजोर रहेको विषयको विमर्शका साथै यसको सुधारका उपायसम्बन्धी विषयको निष्कर्ष प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.