जनै पूर्णिमाको सांस्कृतिक उपादेयता
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74323Keywords:
संस्कृति, सांस्कृतिकता, जनै पूर्णिमा, उपनयनAbstract
संस्कृत शब्दको परिस्कृत एवम् परिमार्जित संस्कारहरूको समभावका रुपमा संस्कृति शब्द व्यवहृत, प्रयोग र प्रचलनमा रहेको छ । संस्कारले शुद्धिक्रिया जसमा मानिसका चारित्रिक अवगुण, दोष कमी कमजोरीहरूलाई हटाई परिष्कार गर्ने काम एवम् मानिस जैविक प्राणी भएकाले यसलाई सामाजिक प्राणी बनाउनमा योगदान दिने तत्त्वहरूको अर्थ संवहन गरेको हुन्छ । समाजको मानसक्रिया सम्बद्ध सम्पूर्ण तत्त्वहरूको समग्र रूप नै संस्कृतिका रुपमा परिभाषित रहेका छ । जनै पूर्णिमालाई हिन्दू तागाधारीहरूले अनिवार्य पालना गर्नुपर्ने संस्कारको रूपमा लिइए पनि प्राचीन वैदिक साहित्यमा संस्कार प्रचलनमा नरही लौकिक युगमा तर उपनयन कर्मसँग सम्बन्धित भएर आएको पाइन्छ । नेपालमा तागाधारीहरूले मनाउने जनैपूर्णिमाका सम्बन्धमा विभिन्न कथनहरू रहेका छन् । जनै पूर्णिमाका दिन शरीरमा धारण गरिएको जनै फेर्नुका अतिरिक्त रक्षाबन्धनका रुपमा हातमा रातो पहेंलो डोरोसमेत बाँध्ने प्रचलन रहेको छ । यिनै संस्कारहरू मध्ये मानव जन्मका अशुद्धिहरू हटाउन एउटा निश्चित उमेर पुगेपछि गुरु थापेर ब्रतबन्ध (उपनयन) संस्कार गरी यज्ञोपवित (जनै) धारण गरेर सामाजिक र धार्मिक सबै प्रकारका कार्यहरू गर्न योग्य हुने कार्यलाई हिन्दू तागाधारी समुदायले पालना गरेर आइरहेका छन् । यसरी निश्चित विधिविधान सहित विशेष समारोहको आयोजना गरी पहिलोपल्ट धारण गरिएको जनैलाई वर्षै पिच्छे परिवर्तन गर्नुपर्ने दिनको रूपमा ‘‘जनैपूर्णिमा’’ रहेको छ । यसदिन शारीरिक रूपमा शुद्ध भई पवित्र जलाशय वा नदीमा स्नान गरी ब्राह्मण गुरुद्वारा प्रदान गरिएको जनै धारण गर्नुपर्ने प्रचलन रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.