विशाल नेपाल काव्यमा जातीय सांस्कृतिक चेतना
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74319Keywords:
इतिहासबोध, जातीयता, प्रतिनिधित्व, राष्ट्रियता, सांस्कृतिक पहिचानAbstract
वासुदेव त्रिपाठीको विशाल नेपाल काव्यमा केकस्तो जातीय सांस्कृतिक चेतना पाइन्छ भन्ने मूल समस्यामा आधारित प्रस्तुत अध्ययन सांस्कृतिक अध्ययनको सैद्धान्तिक आधारमा गरिएको विश्लेषण हो । गुणात्मक विधिमा रहेको प्रस्तुत अध्ययनमा विशाल नेपाल काव्यको विषयगत सन्दर्भसहित जातीय सांस्कृतिक चेतनाको विश्लेषणात्मक पर्याधारमा रही विश्लेषणात्मक र वर्णनात्मक लेखन गरिएको छ । नेपालको अस्तित्वको सुरुवाती समयदेखि अस्तित्वमा रहेका सम्पूर्ण जातजातिको एकताको भावना र यस देशको प्राकृतिक, भौगोलिक र सांस्कृतिक चेतनाले ती जातिमा उत्पन्न गरेको विशालबोधको भावनाले नेपाललाई एकसूत्रमा बाँध्न सकेको ऐतिहासिक तथ्य विशाल नेपाल काव्यमा प्रस्तुत गरिएको र जातीय सांस्कृतिक चेतनाका साथै राष्ट्रियता र देशभक्तिको भावनालाई यस काव्यले समेटेको अध्ययनको निष्कर्ष रहेको छ । नेपालको जातीय संस्कृतिको वैभवलाई ऐतिहासिक सन्दर्भका साथ प्रस्तुत गरिएको यो काव्य नेपालको इतिहास र यहाँका जातजातिको गरिमा र गौरवलाई एकसाथ प्रस्तुत गरिएको सुन्दर कृतिका रूपमा चिनाइएको छ । यस अध्ययनमा वासुदेव त्रिपाठी राष्ट्रप्रेमको केन्द्रीयतामा जातीय सांस्कृतिक चेतनालाई एक सुन्दर काव्यमा प्रस्तुत गर्न सक्षम कवि हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.