‘हारजित’ कथामा सांस्कृतिक प्रभुत्व
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74318Keywords:
प्रतिप्रभुत्व, द्वन्द्वात्मक अवस्था, अधीनस्थ वर्ग, प्रभुत्वशाली वर्गAbstract
प्रस्तुत लेखमा भवानी भिक्षुद्वारा लिखित ‘हारजित’ कथालाई प्रभुत्व (हेजेमोनी) सम्बन्धी सिद्घान्तका दृष्टिले विश्लेषण गरिएको छ । सदियौंदेखि इतिहासमा समावेश भएका वा बनाइएका समाजका वा राज्यका नेतृत्वदायीतहमा रहेर आफ्नो आवाजलाई प्रभुत्वशाली बनाएका व्यक्ति वा समूदाय नै प्रभुत्वशाली हुन् । हेजेमोनी एउटा बृहत् सिद्घान्त हो । विचार धारात्मकरूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता देखिन्छ । यसभित्र प्रभुत्वशाली वर्गको प्रभुत्वको अवस्था, प्रभुत्व हासिल गर्ने शैली र प्रतिप्रभुत्वको अवस्था पहिचान गरी समाजमा उनीहरूको स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । यस कथाको समाजमा वर्गीय दृष्टिले उच्च वर्गको, जातीय दृष्टिले उच्च जातिको वा उच्च संस्कृतिको समुदायका जातिको र लैङ्गिक दृष्टिले पुरूषको प्रभुत्व रहेको देखिन्छ भने प्रतिरोधको भावना सशक्त देखिँदैन । प्रस्तुत लेखमा प्रभुत्वशाली वर्गहरूमा हामीले जतिसुकै शोषण गरेपनि उनीहरू हाम्रा विरुद्ध बोल्न सक्दैनन् र बोलीहाले भनेपनि उनीहरूको केही सीप लाग्दैन भन्ने हैकमवादी प्रभुत्व र गरिबवर्गहरूमा कतिपय नमिल्दा कुराहरूमा आवाज उठाउन पछि पर्नुहुन्न भन्ने जागरुक दृष्टिकोण रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.