अस्तित्वको दाबीमा सबातको बैला उत्सव कवितामा लयविधान
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74317Keywords:
अनुच्छेद योजना, पङ्क्ति विन्यास, आवृत्ति–समानान्तरता, विचलन, लोप, लेख्यचिह्नAbstract
प्रस्तुत लेख अस्तित्वको दाबीमा साबातको बैला उत्सब कवितामा लयविधानको विश्लेषण र निरूपणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषणकेन्द्री ढाँचामा सम्पन्न भएको यस लेखको सैद्धान्तिक आधार लयविधान हो । लय कविता विधालाई साहित्यका अन्य विधाबाट अलग तुल्याउने विभेदक अभिलक्षण हो भने साहित्यको भाषापरक अध्ययन गर्ने सङ्कथन अध्ययनको एउटा क्षेत्र पनि हो । यस लेखको सैद्धान्तिक आधार भन्नु नै सङ्कथन अध्ययनसँग सम्बद्ध लयविधान हो । सङ्कथन अध्ययनले काव्यिक लयनिर्माणका लागि अनुच्छेद योजना र पङ्क्ति विन्यास, आवृत्ति–समानान्तरता, विचलन, लोप र लेख्यचिह्नको अहम भूमिकाका आधारमा काव्यिक लयको खोजी गर्ने अवधारणा निर्माण गरेको छ । प्रस्तुत अस्तित्वको दाबीमा साबातको बैला उत्सव कविता साङ्गीतिकता सिर्जना गर्ने सन्तुलित अनुच्छेद योजना र पङ्क्तिविन्यास अवलम्बन भएको समान र समध्वन्यात्मक ध्वनि/वर्ण/शब्द/पदावली/वाक्य तथा अन्तर्साङ्तीकता सिर्जना गर्नका लागि सिङ्गै अनुच्छेदको आवृत्ति भई संरचित कविता हो । यस लेखमा कवितामा अनुप्रासीयताको अभाव तथा संरचना, शैली र भावचिन्तनको प्रवाहमा साङ्केतिकतालाई अवलम्बन गरिएका कारण अधिकतम व्याकरणिक अतिक्रमण, विचलनयुक्त पङ्क्तिविन्यास तथा समुचित लेख्यचिह्नको प्रयोगले सुन्दर काव्यिक लयनिर्माण भएको विषयमा विमर्श भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
![Creative Commons License](http://i.creativecommons.org/l/by-nc-nd/4.0/88x31.png)
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.