द्रौपदी अवशेष उपन्यासमा सामाजिक यथार्थ

Authors

  • Sharada Khanal Tribhuvan Multiple Campus, Palpa

Keywords:

अवशेष, न्येलु, बहुपति प्रथा, रङलु, वस्तुपरक, सुर्मु

Abstract

प्रस्तुत लेख नीलम कार्की निहारिकाकृत द्रौपदी अवशेष उपन्यासको सामाजिक यथार्थसम्बन्धी अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । विवेच्य उपन्यासमा विद्यमान सामाजिक यथार्थका विभिन्न पक्षलाई अध्ययनीय विषय बनाई त्यसैसम्बन्धी अवधारणात्मक ढाँचालाई सैद्धान्तिक आधार मानेर प्रस्तुत लेख तयार गरिएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सूक्ष्म पठनद्वारा स्थापित सिद्धान्तका आधारमा सन्दर्भपरक विश्लेषणसमेत गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । सामाजिक यथार्थको अध्ययनका लागि प्रस्तुत उपन्यासका सान्दर्भिक उद्धरणहरूको पनि उपयोग गरिएको छ । विवेच्य उपन्यासमा प्रस्तुत सामाजिक यथार्थसम्बन्धी विषयलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्न बहुपति विवाह, भौगोलिक विकटता, प्राकृतिक सुन्दरता, रूढिवाद, अतिथि सत्कार, कृत्रिमतारहित जीवनशैली जस्ता सूचकहरू निर्धारण गरी अध्ययन सम्पन्न गरिएको छ । सामाजिक यथार्थको चित्रण गर्ने क्रममा देशको प्रचलित कानुनभन्दा माथि उठेर हुम्ली समाजमा गरिँदै आएको बहुपति विवाह पद्धतिलाई प्राथमिकताका साथ प्रस्तुत गरी यसका सकारात्मक र नकारात्मक पक्षहरूलाई स्पष्ट पारिएको छ । पैतृक सम्पत्ति सगोलमै रहिरहनु, एउटी श्रीमतीले जन्माउँदा सन्तान स्वतः कम हुनु, अविवाहित महिलाले बच्चा जन्माए पनि कसको बच्चा भनेर धेरै खोजीनिति नहुनु बहुपति विवाहका सकारात्मक पक्ष र महिला र पुरुष दुवै पीडित हुनु, धेरैजसो केटीहरूको चाहेर पनि विवाह नहुनु, देवरहरूले आमासमानकी भाउजूसँग अनमेल विवाह गर्न विवश हुनु, असन्तुष्ट युवकहरूले सुर्मुबाट बच्चा जन्माएर बालकलाई न्येलु बन्न बाध्य पार्नु जस्ता नकारात्मक पक्षलाई प्रमुख विषय बनाइएको छ । यसै गरी राज्यको विकासबाट टाढा रहेको हुम्लाको भौगोलिक विकटता, हिमालको काखमा रहेको उक्त स्थानको रमणीय प्रकृति, शिक्षाबाट वञ्चित समुदायका रूढिवादी दृष्टिकोण, अतिथि सत्कारमा नेपालीपन, कृत्रिमतारहित सरल जीवनशैली जस्ता सामाजिक यथार्थको पनि उपन्यासमा चित्रण गरिएको छ । समग्रमा प्रस्तुत उपन्यास सामाजिक यथार्थको कोणबाट अध्ययनीय भएको निष्कर्ष प्राप्त भएको छ । 

Abstract
26
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

द्रौपदी अवशेष उपन्यासमा सामाजिक यथार्थ . (2025). Tribhuvan Journal, 4(1), 180-190. https://doi.org/10.3126/tribj.v4i1.94727

Issue

Section

Articles

How to Cite

द्रौपदी अवशेष उपन्यासमा सामाजिक यथार्थ . (2025). Tribhuvan Journal, 4(1), 180-190. https://doi.org/10.3126/tribj.v4i1.94727