सूतपुत्र उपन्यासमा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/tribj.v4i1.94726Keywords:
उत्पीडन, जातीय विभेद, महाभारतीय मिथक, लैङ्गिकता, सीमान्तीयताAbstract
प्रस्तुत लेखमा शंकरप्रसाद गैरेद्वारा लिखित सूतपुत्र उपन्यासलाई सीमान्तीयताका कोणबाट विश्लेषण गरिएको छ । अध्ययनको मुख्य उद्देश्य उपन्यासमा अभिव्यक्त सीमान्तीयताअन्तर्गतका लैङ्गिकता र जातीयता कसरी प्रस्तुत भएका छन् भन्ने पहिचान र विश्लेषण गर्नु हो । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधि अपनाई सूतपुत्र उपन्यासलाई प्राथमिक स्रोत तथा सीमान्तीय सिद्धान्तसम्बन्धी कृतिहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । पाठविश्लेषणका क्रममा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । महाभारतीय मिथकको प्रयोगमार्फत कर्णलाई जातीय सीमान्तीय पात्रका रूपमा चित्रण गरिएको छ भन्ने कुरालाई लेखका माध्यमबाट स्पष्ट पारिएको छ । उपन्यासले जातीय विभेदका कारण शिक्षा, अवसर र सम्मानबाट वञ्चित शूद्र वर्गको पीडा उजागर गरेको छ । साथै माला, लाक्षा र उनकी आमाका प्रसङ्गमार्फत नारीमाथि हुने लैङ्गिक उत्पीडन र यौन शोषणको यथार्थ पनि प्रस्तुत गरिएको छ । निष्कर्षतः सूतपुत्र उपन्यास जातीय तथा लैङ्गिक सीमान्तीयताको सशक्त साहित्यिक दस्तावेजका रूपमा रहेको कुरा यस लेखमा स्पष्ट पारिएको छ ।