आयाम कथामा नारीचेतना

Authors

  • Tulshi Ram Pokhrel Tribhuvan Multiple Campus, Palpa

DOI:

https://doi.org/10.3126/tribj.v4i1.94725

Keywords:

आकर्षण, नारीअस्तित्व, पितृसत्ता, पुनर्विवाह, वैधव्य

Abstract

प्रस्तुत लेख कथाकार बिना थिङको याम्बुनेर कथासङ्ग्रहमा सङ्कलित ‘आयाम’ कथामा प्रस्तुत नारीवादी चेतनाको अध्ययन गर्ने क्रममा तयार पारिएको छ । समाजमा चिरकालदेखि प्रबल रहेको लिङ्गकेन्द्री पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति असहमति राख्दै नारीचेतनाले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको समयानुकूल दृष्टिकोण बनाउँछ ।प्रस्तुत कथाको विषयवस्तु नारीअस्तित्वसँग सम्बन्धित भएको तथा प्रमुख पात्र याङ्जीका केन्द्रीयतामा नारीचेतनालाई प्रवाहित गरिएकाले यस कथाको अध्ययन तथा विश्लेषण नारीचेतनाको कोणबाट गरिएको छ । परम्परागत रूढिग्रस्त सामाजिक परिपाटीका कारण नारीमाथि पितृसत्ताले गाँजेको शोषण र त्यसप्रति वर्तमान समाजले नारीचेतनाको दिव्यचक्षुले हेर्नुपर्ने साथै नारी स्वतन्त्रता र समानताको चेतनालाई विश्लेषणको आधार बनाइएको छ । यस कथामा प्रस्तुत भएको नारीवादको सैद्घान्तिक पृष्ठभूमिका आधारमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । विवेच्य ‘आयाम’ कथाको केन्द्रीयतामा परम्पराप्रतिको सूक्ष्म तर विहङ्गम विद्रोहात्मक चेतना, नारी अस्तित्व, स्वतन्त्रता र नारीलाई मान्छेका रूपमा जिउन पाउनुपर्ने मान्यतामा जोड दिइएकाले कथामा निहित नारीवादी चेतना सशक्त रूपमा अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
124
PDF
42

Downloads

Published

2025-12-31

How to Cite

Pokhrel, T. R. (2025). आयाम कथामा नारीचेतना . Tribhuvan Journal, 4(1), 162–169. https://doi.org/10.3126/tribj.v4i1.94725

Issue

Section

Articles