पाल्पाका प्रगतिवादी कविताको अध्ययन
DOI:
https://doi.org/10.3126/tribj.v4i1.94724Keywords:
अन्तरविरोध, उपेक्षित, द्वन्द्वात्मक भौतिकवाद, वर्ग व्यवस्था, सामाजिक न्यायAbstract
प्रस्तुत लेख पाल्पाको प्रगतिवादी लेखनको विश्लेषणमा केन्द्रित रहेको छ । पाल्पा क्षेत्रमा रहेर समानता, स्वतन्त्रता र जनजीविकाका पक्षमा कलम चलाउने स्रष्टाहरूका कवितालाई आधार बनाई लेख तयार गरिएको छ । समाजको यथार्थ चित्रण गर्ने क्रममा जनताका मर्मलाई कवितामा व्यक्त गर्ने काम स्रष्टाहरूले गरेको पाइन्छ । समाजमा रहेको भोक, रोग, गरिबी, शोषण र दमनलाई झल्काउने काम पाल्पाली कविहरूले गरेको पाइन्छ । समाजका सीमान्तीकृत वर्गका आवाजलाई मुखरित गर्ने क्रममा प्रगतिवादी यथार्थवाद मुखरित भएको पाइन्छ । प्रगतिवादी यथार्थवादको सैद्धान्तिक मान्यतालाई उपयोग गरी केही प्रतिनिधि कविहरूको योगदानलाई विश्लेषण गरी यो लेख तयार गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक र द्वितीयक सामग्रीको उपयोग गरी प्रगतिवादी चेतनाको सैद्धान्तिक अवधारणालाई प्रकाश पारी पाल्पाली कवितामा प्रस्तुत प्रगतिवादी चेतनालाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । वर्तमान समाजको यथार्थ अवस्थालाई पाल्पाली कविहरूले व्यक्त गरेको कुरालाई प्रकाश पारिएको छ । यो गुणात्मक प्रकृतिको अध्ययन हो । सर्वेक्षणात्मक तथा पहिचानात्मक आधारमा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई अगाडि बढाइएको छ । पाल्पाली कविहरूले के कस्तो रूपमा प्रगतिवादी मान्यतालाई प्रस्तुत गरेका छन् भन्ने मुख्य समस्यामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरिएको छ । पाल्पाली प्रतिनिधि कविहरूका कवितामा व्यक्त भएको प्रगतिवादी चेतनालाई समेटी निष्कर्ष निकालिएको छ ।