नासो कथामा आदर्शोन्मुख यथार्थवाद

Authors

  • Kamala Devi Nyaupane Tribhuvan Multiple Campus, Palpa

Keywords:

आदर्शोन्मुख, उपदेशात्मक, तत्कालीन, दम्पती, पारम्परिक, बेमेल, मनमुटाव

Abstract

यस अनुसन्धानको अध्ययन क्षेत्र नेपाली कथा साहित्यलाई मानिएको छ । नेपाली कथा साहित्यमा विविध वाद, सिद्धान्त तथा प्रवृत्तिहरू विकसित भए तापनि आधुनिकताको आमन्त्रण गर्ने मुख्य प्रवृत्तिका रूपमा आदर्शोन्मुख यथार्थवादलाई लिइन्छ,, जुन प्रवृत्तिको प्रारम्भ गुरुप्रसाद मैनालीद्वारा भएको मानिन्छ । उनका नासो, परालको आगो, छिमेकी, कर्तव्यजस्ता अधिकांश कथाहरू आदर्शोन्मुख यथार्थवादका दृष्टिले ज्यादै अब्बल देखिन्छन् । प्रस्तुत अनुसन्धानमा मैनालीको नासो कथामा निहित आदर्शोन्मुख यथार्थवादी दृष्टिकोणलाई मु‌ख्य आधार मानिएकाले आदर्शोन्मुख यथार्थवादी दृष्टिले नासो कथा कस्तो छ भन्ने मुख्य समस्यामा अनुसन्धान केन्द्रित रहेको छ । अनुसन्धानको समस्या निराकरण गरेर निचोडसम्म पुग्नका लागि प्राथमिक र द्वितीय दुबै तथ्याङ्कीय स्रोतसामग्रीको प्रयोग गरिएको छ । मैनालीको नासो कथालाई प्राथमिक स्रोतसामग्री र सिद्धान्तसम्बद्ध सामग्रीलाई द्वितीय स्रोतसामग्रीका रूपमा लिइएको छ । समस्या सैद्धान्तिक विधिद्वारा समाधान गर्न सकिने प्रकृतिको भएकाले यसमा गुणात्मक पद्धतिसँग निकट रहने विश्लेषणात्मक विधिको प्रयोग गरेर प्राप्य स्रोतसामग्रीलाई व्याख्या विश्लेषण गरेर निष्कर्षमा पुगिएको छ । नासो कथाको अध्ययनका आधारमा प्रस्तुत कथाका अधिकांश प्रसङ्गहरू तत्कालीन नेपाली परिवारका यथार्थ निकट भए तापनि पारिवारिक मनमुटाव, वैमनस्य र यसले सिर्जना गरेको पारिवारिक बेमेलको अवस्था नेपाली परिवारका लागि घातक अनुभूति गर्दै अर्थात् यथार्थताको पृष्ठभूमिमै कथाको अन्त्यतिर आदर्श परिवारको परिकल्पना कथाकार मैनालीले गरेका छन्, जसमा मनमुटावका कारण घर छोडेकी सुभद्राले नौलीमार्फत परिवारको दयनीय अवस्थाबोध गरेपछि पश्चात्ताप गरेर पुनः घर फर्किएको देखाइनुले कथामा यथार्थ दृष्टिकोणमात्र नभई आदर्शोन्मुख यथार्थवादी दृष्टिकोण रहेको निष्कर्ष यस अनुसन्धानमा निकालिएको छ । 

Abstract
78
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

नासो कथामा आदर्शोन्मुख यथार्थवाद . (2025). Tribhuvan Journal, 4(1), 141-148. https://doi.org/10.3126/tribj.v4i1.94723

Issue

Section

Articles

How to Cite

नासो कथामा आदर्शोन्मुख यथार्थवाद . (2025). Tribhuvan Journal, 4(1), 141-148. https://doi.org/10.3126/tribj.v4i1.94723