गुरुप्रसाद मैनालीको 'अभागी' कथामा करुण रस

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal त्रि.वि., बुटवल बहुमुखी क्याम्पस, बुटवल

Keywords:

विभाव, अनुभाव, व्यभिचारीभाव, स्थायीभाव, शोक

Abstract

प्रस्तुत लेखमा प्रथम आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित 'अभागी' कथालाई रससिद्धान्तका आधारमा विश्लेषण गरी रस निष्पत्तिको अवस्था निरूपण गरिएको छ । प्रस्तुत लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई स्थापित करुण रसको सिद्धान्तका आधारमा विश्लेषण गरी निष्कर्षसम्म पुगिएको छ । प्रस्तुत लेखमा 'अभागी' कथामा विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको संयोजन कसरी गरिएको छ भन्ने विषयलाई खण्ड खण्डमा देखाएर पुष्टि गरिएको छ । प्रस्तुत लेखमा कथामा आएका माधवप्रसाद, गङ्गा, कृष्ण, करुणा, केशव, खत्रिनी बुढी आदि आलम्बन विभाव, कथामा चित्रित कालमोचन, पशुपति, मृगस्थली, कैलाश, कालीमाटी, थानकोट, चित्लाङ, भीमफेदी आदि उद्दीपन विभाव, तथा कायिक, वाचिक, सात्त्विक र आहार्य अनुभाव र चिन्ता, दैन्य, आश्चर्य, विस्मय, स्मृति, ग्लानि, विषाद आदि व्यभिचारीभावले शोक भावलाई जागृत गराई करुण रसमा अभिव्यक्त गराएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
408
PDF
0

Downloads

Published

2024-10-20

How to Cite

शालिकराम Shalikram पौड्याल Poudyal. (2024). गुरुप्रसाद मैनालीको ’अभागी’ कथामा करुण रस. Tribhuvan Journal, 3(1), 145-154. https://doi.org/10.3126/tribj.v3i1.70820

Issue

Section

Articles

How to Cite

शालिकराम Shalikram पौड्याल Poudyal. (2024). गुरुप्रसाद मैनालीको ’अभागी’ कथामा करुण रस. Tribhuvan Journal, 3(1), 145-154. https://doi.org/10.3126/tribj.v3i1.70820