कुञ्जिनी खण्डकाव्यमा स्वच्छन्दतावाद

Authors

  • प्रेमप्रसाद Premprasad तिवारी Tiwari त्रि.वि., बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

Keywords:

आत्मिक प्रेम, आशुलेखन, प्रकृति, लोकलय, स्वच्छन्दतावादी

Abstract

प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित कुञ्जिनी खण्डकाव्यलाई स्वच्छन्दतावादी अवधारणाका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा कुञ्जिनी खण्डकाव्यलाई आधारभूत वा प्राथमिक स्रोत सामग्रीका रूपमा लिइएको छ भने स्वच्छन्दतावाद तथा कुञ्जिनी खण्डकाव्यका बारेमा गरिएका अध्ययन विश्लेषणलाई द्वितीयक स्रोत सामग्री मानिएको छ । यस लेखमा प्रयोग गरिएका दुवै स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा आत्मिक प्रेमको प्रस्तुति, प्रकृतिचित्रण, ग्रामीण एवम् राष्ट्रिय सांस्कृतिक पक्षको चित्रण, लोकलयको प्रयोग, द्रुततर आशुलेखन, लोकप्रसिद्ध गाथाको प्रयोग, स्वच्छन्दतावादी प्रगतिवादी चेत, भाषाशैली तथा अलङ्कार प्रयोग जस्ता स्वच्छन्दतावादी अवधारणाका आधारमा कृतिको विश्लेषण गरिएको छ । यस लेखमा देवकोटाले लोकप्रसिद्ध गाथा प्रयोग गरी आत्मिक प्रेमप्रतिको आफ्नो दृष्टिकोण अभिव्यक्त गरेको कुरा आएको छ । यस लेखमा गोरे र कुञ्जिनीका बिचको प्रेमलाई मुख्य विषयवस्तु बनाएर रचना गरिएको कुञ्जिनी खण्डकाव्यमा प्रेममा मिलन, बाधा व्यवधान, बिछोड र मृत्युपछि स्वर्गमा भएको मिलनसम्मको विषय आएको भन्ने कुरा देखाइएको छ । यस लेखमा आत्मिक प्रेम, प्रकृतिप्रेम, ग्रामीण सभ्यताप्रतिको रुचि एवम् नेपाली राष्ट्रिय संस्कृतिका विविध पक्षको चित्रण गरिएका कारण यो कृति स्वच्छन्दतावादको उत्कृष्ट नमुना बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
433
PDF
2

Downloads

Published

2024-10-20

How to Cite

प्रेमप्रसाद Premprasad तिवारी Tiwari. (2024). कुञ्जिनी खण्डकाव्यमा स्वच्छन्दतावाद. Tribhuvan Journal, 3(1), 118-127. https://doi.org/10.3126/tribj.v3i1.70816

Issue

Section

Articles

How to Cite

प्रेमप्रसाद Premprasad तिवारी Tiwari. (2024). कुञ्जिनी खण्डकाव्यमा स्वच्छन्दतावाद. Tribhuvan Journal, 3(1), 118-127. https://doi.org/10.3126/tribj.v3i1.70816