मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य

Authors

  • टंकप्रसाद Tankaprasad पन्थ Panth त्रि.वि., त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/tribj.v3i1.70809

Keywords:

अकर्मण्यता, कटाक्ष, धज्जी उडाउनु, निर्मम प्रहार, परिष्कार

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको सघन व्यङ्ग्य पाइन्छ । रूपमा र सारमा भिन्नै चरित्र भएका मानिसहरूको यथार्थ अवस्थाको चिरफार गर्ने काम कविले गरेका छन् ।  विभिन्न स्वरूप र आकारका कविताद्वारा मानवीय विकृतिमाथिको कटाक्ष कृतिमा व्यक्त भएको पाइन्छ । व्यक्ति, समाज र राष्ट्रमा चुलिएका बेथितिहरूलाई मर्ममा पुग्ने गरी प्रहार गरिएकाले व्यङ्ग्यको पाटो नै सशक्त बनेर आएको पाइन्छ । कवितामा कतै सिधै त कतै व्याजस्तुतिमय शैलीका माध्यमबाट विकृतिमाथि कटु प्रहार गरिएको देख्न सकिन्छ । सामाजिक, राजनीतिक, शैक्षिक, आदि क्षेत्रमा भएका अराजक व्यवहार र छुद्रतालाई झल्काई मानिसको व्यवहारमा सुधार र परिष्कारको आग्रह गरिएको पाइन्छ । उच्चपदमा रहेकाहरूले आफ्नो मर्यादा राख्न नसकेको यथार्थलाई रोचक पाराले व्यङ्ग्य कसिएको पाइन्छ । कविले आफू बसेको समाजमा देखेभोगेका वास्तविकतालाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेका छन् । यस लेखमा व्यक्तिका तहदेखि आम संस्कृति बनेर रहेको कामचोर प्रवृत्तिलाई प्रकाश पारिएको कुरालाई महत्त्वका साथ विश्लेषण गर्ने काम गरिएको छ । नेपाली साहित्य समालोचनामा भानुभक्तभन्दा अगाडिदेखि अस्तित्वमा रहेको व्यङ्ग्य लेखन र व्यङ्ग्यात्मक सिद्धान्तका आधारमा वनमाली निराकारद्वारा लिखित मान्छेका रङहरू कवितासङ्ग्रहमा केन्द्रित रही विश्लेषण गर्ने काम गरिएको छ । व्यङ्ग्यको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा मान्छेका रङहरू कृतिमा हास्यव्यङ्ग्यको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कवितासङ्ग्रहलाई हास्यव्यङ्ग्यको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा प्रथम र द्वितीयक स्रोतबाट आवश्यक सामग्री सङ्कलन गरिएको छ । वर्णनात्मक तथा विश्लेषणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । व्यङ्ग्यसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित व्यङयलाई खोजी विश्लेषणका साथमा निष्कर्ष निकाल्ने काम गरिएको छ ।

Abstract
64
PDF
22

Downloads

Published

2024-10-20

How to Cite

टंकप्रसाद Tankaprasad पन्थ Panth. (2024). मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य. Tribhuvan Journal, 3(1), 93–107. https://doi.org/10.3126/tribj.v3i1.70809

Issue

Section

Articles