धर्मपाल राजकुमार लोककथामा अभिप्राय

Authors

  • एकनारायण Eknarayan पौड्याल Paudyal त्रि.वि., बीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवन

DOI:

https://doi.org/10.3126/tribj.v3i1.70808

Keywords:

अभिप्राय, असामान्य, तात्पर्यार्थ, प्ररूढि, मोटिफ

Abstract

यस अनुसन्धानात्मक लेखमा नेपाली लोककथा 'धर्मपाल राजकुमार' मा प्रयुक्त अभिप्रायहरूको अध्ययन गरिएको छ । अध्ययनका क्रममा प्रयुक्त अभिप्रायका प्रकारको निरूपण गरिएको छ । एउटै कथाका पाठभेद धेरै हुन सक्ने भएकाले बोधविक्रम अधिकारीद्वारा सङ्कलन गरी नेपाली दन्त्यकथामा प्रकाशित कथालाई विश्लेष्य पाठका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ भने अभिप्रायका बारेमा लेखिएका पुस्तकहरू द्वितीयक सामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । प्रस्तुत कथामा केकस्ता अभिप्राय प्रयुक्त छन् र तिनले कथालाई सुन्दर बनाउन केकस्तो भूमिका खेलेका छन् भन्ने मुख्य समस्याको समाधानमा केन्द्रित यस अध्ययनमा सपना, राक्षस, पुनर्जन्म, असाधारण कार्य र लोकविश्वाससँग सम्बन्धित गरी पाँच प्रकारका अभिप्राय प्रयोग भएका र तिनका प्रयोगले कथा रोचक र प्रभावकारी बनेको निष्कर्ष निकालिएको छ ।

Abstract
77
PDF
36

Downloads

Published

2024-10-20

How to Cite

एकनारायण Eknarayan पौड्याल Paudyal. (2024). धर्मपाल राजकुमार लोककथामा अभिप्राय. Tribhuvan Journal, 3(1), 84–92. https://doi.org/10.3126/tribj.v3i1.70808

Issue

Section

Articles