“मेरी सानी भतिजी प्रतिमा” कथामा आलोचनात्मक यथार्थवाद { Critical realism in the story “Meri Sani Bhatiji Pratima” }

Authors

  • टंकप्रसाद Tanka Prasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

DOI:

https://doi.org/10.3126/tribj.v2i1.60272

Keywords:

आलोचनात्मक दृष्टि, Critical vision, निरङ्कुशता, absolutism, पितृसत्ता, patriarchy, प्रगतिवादी चेतना, progressive consciousness, लैङ्गिक विभेद, gender discrimination

Abstract

प्रस्तुत लेखमा रमेश विकलको ‘मेरी सानी भतिजी प्रतिमा’ कथाको विश्लेषण गरिएको छ । नेपाली साहित्यमा विकललाई प्रगतिवादी कथाकार मान्दै उनले लेखेका सबै कथाहरूलाई प्रगतिवादी दृष्टिकोणबाट अध्ययन विश्लेषण गर्ने परम्परा बसेको पाइन्छ । परन्तु प्रगतिवादी साहित्यले रचनामा जुन प्रकारको वर्गीय विभेदका विरुद्धमा विद्रोहको अपेक्षा गर्दछ त्यस प्रकारको विद्रोही चेतना यिनका कथाका पात्रहरूमा भेटिँदैन । विकलको मेरी सानी भतिजी प्रतिमा’ उनका कथामध्येको लोकप्रिय र चर्चित कथा मानिन्छ । प्रस्तुत कथामा समाजमा विद्यमान विभिन्न प्रकारका विभेदमध्येको लैङ्गिक विभेदलाई विषय बनाएको पाइन्छ । युगौँदेखि पितृसत्तात्मक समाजको प्रभावबाट ग्रसित बनेको समाजमा लैङ्गिक विभेदका कारण पुरुषले महत्त्व पाउने र नारीले महत्त्व नपाउने अवस्था देखिन्छ । यसरी नारीलाई महत्त्व नदिने र पुरुषलाई महत्त्व दिने कार्यमा स्वयं नारीहरूसमेत देखिन्छन् । यसले समाजलाई यतिसम्म ग्रसित तुल्याएको छ जसले गर्दा स्वयं जन्मदिने आमाले आफ्ना सन्तानमा समेत विभेद गर्ने र छोरालाई काखा र छोरीलाई पाखा गर्ने गरेको देखिन्छ । समाजको यही सत्यलाई प्रस्तुत गरेको यस कथामा विभेदको चरम अवस्थालाई प्रस्तुत गरिएको देखिन्छ परन्तु विभेदको विरुद्धमा कसैले पनि आवाज उठाउन सकेको पाइँदैन । यसरी अन्याय अत्याचार हुनु तर त्यसका विरुद्धमा आवाज नउठाउनुजस्ता अवस्थाको प्रस्तुति भएका कृति वा रचनालाई यस दृष्टिकोणबाट अध्ययन विश्लेषण नगरिएकाले मेरी सानी भतिजी प्रतिमा’ कथामा आलोचनात्मक यथार्थवादको केकस्तो प्रस्तुति रहेको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही विश्लेषणात्मक विधिको प्रयोग गरेर आलोचनात्मक यथार्थवादका सैद्धान्तिक दृष्टिकोणबाट प्रस्तुत कथा सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
26

Author Biography

टंकप्रसाद Tanka Prasad भट्टराई Bhattarai, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

टंकप्रसाद भट्टराई

सहप्राध्यापक

त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पा

Downloads

Published

2023-11-30

How to Cite

भट्टराई Bhattarai ट. T. P. . (2023). “मेरी सानी भतिजी प्रतिमा” कथामा आलोचनात्मक यथार्थवाद { Critical realism in the story “Meri Sani Bhatiji Pratima” }. Tribhuvan Journal, 2(1), 117–124. https://doi.org/10.3126/tribj.v2i1.60272

Issue

Section

Articles