सगरमाथा एक पहाडको नाम होइन निबन्धसङ्ग्रहमा व्यङ्ग्य { Everest is not the name of a mountain satire in an essay collection }

Authors

  • टंकप्रसाद Tanka Prasad पन्थ Pantha त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

DOI:

https://doi.org/10.3126/tribj.v2i1.60271

Keywords:

उपहास, Ridicule, कटाक्ष, कामदी, sarcasm, धज्जी उडाउनु, mockery, वेधकता, irony

Abstract

प्रस्तुत लेखमा साहित्यमा प्रभावशाली मान्यताका रूपमा रहेको व्यङ्ग्य चेतनाका आधारमा व्यङ्ग्यकार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहलाई विश्लेषण गर्ने काम गरिएको छ । साहित्यमा व्यङ्ग्यको प्रभाव भानुभक्त आचार्यको समयभन्दा अघिदेखि रहेको पाइन्छ । नेपाली निबन्धका क्षेत्रमा यसको प्रभाव तथा शृङ्खला लामो रहेको छ । समाजमा भएका विकृतिमाथि उपहास गर्दा व्यङ्ग्यको अवस्था सिर्जना हुन्छ । नेपाली निबन्धमा देवकोटाभन्दा अगाडिबाट थालिएको व्यङ्ग्य लेखन भैरव अर्यालको समयमा उत्कर्षमा पुगेको देखिन्छ । चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन निबन्ध सङ्ग्रहमा निहित व्यङ्ग्यलाई पहिचान गर्नु यस लेखको प्रमुख समस्या हो । व्यङ्ग्यसम्बन्धी अवधारणामा केन्द्रित रहेर उक्त निबन्धसङ्ग्रहको विश्लेषण गरी निष्कर्षमा पुग्नु नै प्रस्तुत लेखको उद्देश्य रहेको छ । व्यङ्ग्यको सिद्धान्तमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले प्रस्तुत लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । सगरमाथा एक पहाडको नाम होइन निबन्ध सङ्ग्रहमा केकस्ता विकृतिमाथि प्रहार गरिएको छ ? भन्ने प्राज्ञिक समस्याका केन्द्रमा रही यो लेख तयार गरिएको छ । शर्माका सबैजसो निबन्धमा नेपाली समाजमा मक्किएर रहेका विकृतिमाथि व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । विश्लेष्य कृतिमा प्रयुक्त विषयवस्तु, मानवीय प्रवृत्ति तिनीहरूको व्यवहारलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरिएको छ । लेखकले सामाजिक, राजनीतिक, साहित्यिक, आर्थिक, प्रशासनिक लगायतका क्षेत्रमा रहेका कमजोरीहरूलाई उठान गरी कटाक्षपूर्ण प्रहार गरेकाले उक्त कृतिमा व्यङ्ग्य सघन बनेर आएको पाइन्छ । प्रस्तुत लेखमा निगमनात्मक विधिको उपयोग गरिएको छ । व्यङ्ग्यसम्बन्धी मान्यता र अवधारणालाई सैद्धान्तिक आधार बनाई आवश्यकताअनुरूप प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरी लेखलाई व्यवस्थित गरिएको छ । समकालीन समाजमा जरा गाडेर रहेका विकृति र विसङ्गतिमाथि मार्मिक रूपमा प्रहार गरी सुधार र परिष्कारको अपेक्षा राखिएकाले व्यङ्ग्यको प्रभावकारी प्रस्तुति भएको छ भन्नु नै प्रस्तुत लेखको निचोड रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
35

Author Biography

टंकप्रसाद Tanka Prasad पन्थ Pantha, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

डा. टंकप्रसाद पन्थ

उपप्राध्यापक

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

Downloads

Published

2023-11-30

How to Cite

पन्थ Pantha ट. T. P. . (2023). सगरमाथा एक पहाडको नाम होइन निबन्धसङ्ग्रहमा व्यङ्ग्य { Everest is not the name of a mountain satire in an essay collection }. Tribhuvan Journal, 2(1), 106–116. https://doi.org/10.3126/tribj.v2i1.60271

Issue

Section

Articles