“ग्रिन टावेल” कथामा यौनमनोविज्ञान {Sexual Psychology in the "Green Towel" Story}

Authors

  • कमलादेवी Kamaladevi न्यौपाने Neupane त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

DOI:

https://doi.org/10.3126/tribj.v2i1.60267

Keywords:

दुःस्वप्न, Nightmare, इद, Id, इगो, Ego, चेतन, Conscious, अर्धचेतन, Semiconscious, अचेतन, Unconscious

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख ग्रिन टावेल कथाको विश्लेषणमा केन्द्रित रहेको छ । शान्ति शर्माद्वारा लिखित प्रस्तुत कथा उनको कथासङ्ग्रह ग्रिन टावेलमा समाविष्ट छ । समकालीन कथालेखनका क्षेत्रमा विशिष्ट आख्यान लेखन क्षमताका कारण विशिष्ट पहिचान बनाएकी शर्माका कथाहरूले समसामयिक समाजका विविध विषयलाई प्रस्तुत गरेको पाइन्छ । मूलतः लैङ्गिकताका विषयलाई केन्द्रमा राखेर कथा सिर्जना गर्ने शर्माले यौन र मनोविज्ञानलाई समेत कथाहरूमा प्रस्तुत गर्ने गरेको देखिन्छ । ग्रिन टावेल कथासङ्ग्रहमा समाविष्ट पन्ध्रवटा कथामध्ये पाँचौँ क्रममा रहेको ग्रिन टावेल शीर्षकको कथा पात्रका मनोदशा र अचेतन मनमा दमित अवस्थामा रहेका अव्यक्त यौन मनोदशा तथा मनोभावनाको प्रकटीकरणका दृष्टिले विशेष देखिन्छ । उनका कथामा यौनमनोविज्ञानको अभिव्यक्ति रहेको कुराको साङ्केतिक चर्चा गरिएको पाइए पनि हालसम्म यौनमनोविश्लेषणका दृष्टिकोणबाट प्रस्तुत कथाको सम्यक अनुसन्धानमूलक अध्ययन हुन नसकेकाले यस कथामा यौनमनोविज्ञानको केकस्तो प्रस्तुति रहेको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कथालाई अनुसन्धानको मुख्य विषय बनाइएको हो । यौनमनोविज्ञानको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरी यस दृष्टिकोणले प्रस्तुत कथामा यौनमनोविज्ञान सबल रहेको निष्कर्ष निकालिएको छ । अनुसन्धानको निष्कर्षमा पुग्नका लागि प्रस्तुत लेखमा पुस्तकालयीय स्रोत सामग्रीलाई प्रयोग गरी प्रायोगिक अध्ययन विधिअन्तर्गत पहिचानात्मक तथा विश्लेषणात्मक विधिलाई उपयोग गरिएको छ । अनुसन्धानबाट प्राप्त सत्यतथ्यका आधारमा यौनमनोविष्लेषणको प्रस्तुतिका दृष्टिले प्रस्तुत कथा महत्त्वपूर्ण रहेको निष्कर्ष निरूपण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
85
PDF
39

Author Biography

कमलादेवी Kamaladevi न्यौपाने Neupane, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

कमलादेवी न्यौपाने { Kamaladevi Neupane }

शिक्षणसहायक { Teaching Assistant }

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा { Tribhuvan Multiple Campus, Palpa }

Downloads

Published

2023-11-30

How to Cite

न्यौपाने Neupane क. K. . (2023). “ग्रिन टावेल” कथामा यौनमनोविज्ञान {Sexual Psychology in the "Green Towel" Story}. Tribhuvan Journal, 2(1), 98–105. https://doi.org/10.3126/tribj.v2i1.60267

Issue

Section

Articles