कि त आज घरमा कोही मानिस छैन ? कवितामा साइबर संस्कृति {Or is there no one at home today? in poetry Cyber culture}
DOI:
https://doi.org/10.3126/tribj.v1i1.53584Keywords:
साइबर सिर्जना, यान्त्रीकरण, साइबर सभ्यता, यन्त्रमानव, यान्त्रिक जीवन, civilization, cyber creation, mechanical life, cyberAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख गोविन्दराज भट्टराईको ‘कि त आज घरमा कोही मानिस छैन ?’ कविताको विश्लेषणमा आधारित छ । यस लेखमा वर्तमान समयमा मान्छे यन्त्रबाट परिचालित हुँदै गएको अवस्थामा गोविन्दराज भट्टराईद्वारा लेखिएको यस कविताले वर्तमान अवस्थामा मान्छे यन्त्र चालित हुँदै गैरहेको अवस्थालाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयलाई केन्द्रमा राखेर कविताको विश्लेषण गरिएको छ । पछिल्लो समयलाई उत्तर आधुनिक युग भनिन्छ । विज्ञानको चरम विकासले मान्छेको स्वभाव, संस्कारमै परिवर्तन ल्याएको छ । मान्छे आधा मान्छे र आधा यन्त्र बनेको छ । उसमा मानवीय संवेदना मर्दै गएको छ । अर्कातर्फ यन्त्रनै आधामानव भैदिएको छ । यसले गर्दा मान्छे मान्छेबाट टाढिँदै गएको छ भने यन्त्रसँग आत्मीय बन्दै गैरहेको छ भन्नेभावलाई प्रस्तुत गरिएको यस कवितामा साइबर संस्कृति र सभ्यताको नकारात्मक पक्षलाई कसरी उठाइएको छ र साइबरले मान्छेमान्छे बीचको सम्बन्धमा कसरी दुरी सिर्जना गर्दै गएको छ भन्ने समस्यामा केन्द्रित रहेर साइबर साहित्यको सैद्धान्तिक अवधारणाका आधारमा यस कविताको विश्लेषण गरी प्रस्तुत शोध्य लेखमा कवितामा प्रयुक्त साइबर संस्कृति र त्यसले सिर्जना गरेको सभ्यतालाई सैद्धान्तिक पर्याधारका दृष्टिबाट पुष्टि गरिएको छ ।